काठमाडौं । पुनरावेदन अदालतबाट अवकाश पाएका २८ न्यायाधीशलाई उच्च अदालत र सर्वोचेच अदालतको न्यायाधीश नियुक्तिको रोस्टरमा अनिवार्य राखिने भएको छ ।
संसदको विधायन समितिले न्याय परिषद्को काम कर्तब्य र अधिकार सम्बन्धी विधेयक पारित गर्दै पुनरावेदनबाट अवकास पाएका न्यायाधीशहरूलाई अबको न्यायाधीश नियुक्तिको रोस्टरमा राख्ने व्यवस्था गरेको हो ।
अतिरिक्त न्यायाधीशको पदावधि निरन्तरताबारे नयाँ संविधानले नबोलेपछि पुनरावेलनका २८ न्यायाधीश स्वतः अवकाशमा परेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Facebook Comments Box