Author: admin

​काठमाडौँ, नेपाली जनजनले मन पराएको गीत ‘गोरेटो अनि उस्तै छ गल्ली…’ बोलको गीतका गायक सुनिल बर्देवाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिइएको छ। गायक, एरेन्जर तथा गिटारिस्ट बर्देवाको ४४ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बर्देवाको निधन भएकाे हो । बर्देवाका फूपुका छोरा गायक प्रमोद निर्वाणका अनुसार उनी जण्डिसबाट पीडित थिए। राजधानीको धुम्बाराहीमा बस्दै आएका सुनिललाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । बर्देवाको शव श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । बर्देवाको बुधबार नै अन्त्यष्टी हुँदै छ । चार वटा एल्बम सार्वजनिक गरेका बर्देवाले नविन के भट्टराई राजु लामा, निमा रुम्बालगायत गायकका गीतको एरेन्ज…

Read More

हुम्ला ।  हुम्ला जिल्ला अस्पतालमा कार्यरत डाक्टर केशव भट्टराईको निधनले हुम्लाका बासिन्दा शोकमा परेका छन् । सुविधा सम्पन्न अस्पतालमा जस्तो गरी हुम्लामा शल्यक्रिया सेवा प्रदान गर्दै आएका मोरङ पथरी शनिश्चरेका डाक्टरं भट्टराईको सोमबार दिउँसो काठमाडौंमा उपचारको क्रममा ३१ वर्षाकाे उमेरमा निधन भएको थियो । गएको एक वर्षदेखि जिल्ला अस्पताल सिमकोटमा कार्यरत डाक्टर भट्टराईले गर्भवती महिलालाई अस्पतालसम्म ल्याउन र स्वास्थ्य संस्थामै प्रसुति गराउन प्रोत्साहन गर्दै आएका थिए । साधन स्रोतको अभावनमा पनि राम्रो उपचार सेवा दिँदै आएका डाक्टर भट्टराईको निधनले जिल्लामा कार्यरत स्वास्थ्यकर्मी पनि शोकमा छन । जिल्लाका स्वास्थ्य संस्थाको गुरुको रुपमा रहेका डाक्टर भट्टराईले जिल्लामै पहिलो पटक गर्भवती महिलाको सफल शल्यक्रिया…

Read More

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको भविष्यका आधार आजका बालबालिका भएकाले उनीहरुलाई शिक्षा लिने उपयुक्त वातावरणको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले राष्ट्रिय बालदिवस– २०७३ को अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि उपयुक्त पारिवारिक वातावरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरी उनीहरुलाई बहुआयामिक प्रभिताका धनी बनाउन गर्भअवस्थादेखि नै सुनौला हजार दिनलाई सबैले बिशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । राष्ट्रपति भण्डारीले बालबालिका अझै पनि न्युनतम स्वास्थ्य शिक्षा समेत नपाइरहेको अवस्था रहेको उल्लेख गर्दै बाल बेचबिखन, दुरव्यवहार र अनुशासनका…

Read More

दक्षिण अफ्रिका – गत सोमबार हुवावे मोबाइलकै कारण एक दक्षिण अफ्रिकन व्यापारीको ज्यान जोगीएको छ । ती व्यापारीलाई हानिएको गोली मोबाइलमा लागेका कारण ती व्यापारीको ज्यान जोगिएको समाचारमा उल्लेख छ । ४१ वर्षीय व्यापारी सिराज अब्राहमलाई केप टाउन शहरमा लुटेराहरुले हानेको गोली मोबाइलमा लागेको र मोबाइलले गोली छेकेका कारण अब्राहमको ज्यान बचेको बताइएको छ । उनलाई ताकेर ९ मिलिमिटरको गोली प्रहार गरिएको थियो । उनले हुवावेको पि८ लाईट मोबाइल बोकेका थिए । डाक्टहरुका अनुसार उनलाई गोली नलागेपनि गोली हानिएका बखत त्रासका कारण उनको मुटुको धड्कन केही बेर रोकिएको थियो । बेहोस भएर केही बेर उनी आफ्नो घर अगाडी नै पल्टिएका थिए…

Read More

भद्रपुर ।    बाल सुबोधिनी निमाबि दुहागढीले पनि बाल दिवस विविध कार्यक्रम गरि मनाएको छ । साधारण तरिकाले विद्यार्थीलाई खुशी पार्न बासुले सरल उपाय लगाएर कार्यक्रम मनाएकाे हाे । सुरुमा विद्यालयका सबै  बालबालिकालाई चकलेट बितरण  गरिएकाे थियाे । त्यसपछि बाल क्लबको आयोजनामा अन्तर सदनात्मक बाल गीत तथा नृत्य प्रतियोगिता पनि गरिएकाे थियाे । आफूलाइ मनपर्ने पोसाकमा नर्सरी र के. जि . कक्षाका विद्यार्थीहरु अाएका थिए । त्यस्तै आ-अाफ्नो जातिय पोसाकमा  अन्य कक्षाका विद्यार्थी पनि अाएका थिए  । विद्यालयले नर्सरी र के.जि.का विद्यार्थीहरुलाई वाल दिवसकाे अवसरमा आफुलाइ मन पर्ने र अन्य बिध्यार्थिहरुलाइ आफ्नो जातिय पोसाक लगाउन छुट दिएको थियो । तस्वीर :…

Read More

​ भदाै २९ । लोपोन्मुख रेड पान्डा (हाब्रे) संरक्षणका लागि तीन जिल्लाका २६ गाविसका विद्यालयमा रुट एन्ड सुट्स अभियान सञ्चालन भएको छ । रेड पान्डा संरक्षण सुरु भएका इलामका आठ, पाँचथरका छ र ताप्लेजुङका १२ विद्यालयमा रेड पान्डा संरक्षणका लागि ‘रुट एन्ड सुट्स’ अभियान सञ्चालन भएको हो । विश्वमै लोपोन्मुख रेड पान्डा संरक्षणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले रेड पान्डा संरक्षणका गतिविधि सञ्चालन भइरहेका तीन जिल्लाका लेकाली क्षेत्रका विद्यालयमा यो अभियान सञ्चालन गरिएको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका युवराज पिसीले बताए । यो अभियान सञ्चालन भएका तीन जिल्लाका विद्यालयमा वातावरण शिक्षकलाई नेताको रूपमा राखेर रेडपान्डा संरक्षणका लागि विद्यार्थीको समूह…

Read More

​ भदौ २९ । ‘सम्बर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेर बालदिवस मनाउने गरिएको छ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

Read More

​२९ भदौ, काठमाडौं । गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार बेलुकी निधन भएको छ । कलेजोको समस्याबाट पीडित उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले जानकारी दिए । उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निकै चर्चित छन् । पप गीतहरुमा संगीत संयोजन गर्ने उनी गीत समेत लेख्थे । बर्देवाका ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा’लगायतका गीति एल्बम निस्किएका छन् । एक छोरा र एक छोरी रहेका उनको श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको छ । बर्देवाको पार्थिक शरीरलाई श्रदाञ्जलीकालागि बुधबार बिहान नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमाराखिने जनाइएको…

Read More

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध मानव ओसारपसार र सरकारी कागजपत्र किर्तेमा जोडिएका माओवादी केन्द्रका ८ सांसदलाई ‘क्लिन चिट’ दिएको छ । ‘पक्राउ परेका दिनेश खड्काको बयानमा सांसदको संलग्नताबारे नखुलेको र मुख्य आरोपित शेरबहादुर साउद फरार रहेको’ भन्दै ब्युरोले आठै जनालाई उन्मुक्ति दिएको हो । खडका र साउद सांसदहरूलाई स्पेन लैजान सघाउने व्यक्ति हुन् । खड्का पक्राउ परेपछि ब्युरोले उक्त प्रकरणमा जोडिएका माओवादी केन्द्रका आठै सांसदको बयान लिएको थियो । प्रहरीले साउद र खडकालाई आरोपित बनाउँदै बुझाएको प्रस्तावित रायसुझावका आधारमा काठमाडौं जिल्ला अदालतमा पाँच दिनअघि अवैध मानव ओसारपसारको साटो सरकारी दस्तखत किर्तेको मुद्दा दायर भएको थियो ।…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाललाई आसन्न भारत भ्रमणका क्रममा कुनै पनि विवादास्पद सन्धि–सम्झौता नगर्न पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूले सल्लाह दिएका छन् । प्रधानमन्त्री दाहालले मंगलबार बिहान पूर्वप्रधानमन्त्रीहरूसँग र दिउँसो संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल गरेका थिए । दुवै छलफलमा उनले भारत भ्रमण क्रममा कुनै नयाँ सम्झौता गर्ने सोच नभएको बताएका छन् । दाहालका प्रमुख राजनीतिक सल्लाहकार चन्द्रप्रकाश खनालका अनुसार दाहालले विगतमा भएका सम्झौता र सन्धि कार्यान्वयनमा आफ्नो जोड हुने पूर्वप्रधानमन्त्रीहरूलाई बताए । बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई सहभागी थिए । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता झलनाथ खनाल भने…

Read More