दक्षिण अफ्रिका – गत सोमबार हुवावे मोबाइलकै कारण एक दक्षिण अफ्रिकन व्यापारीको ज्यान जोगीएको छ । ती व्यापारीलाई हानिएको गोली मोबाइलमा लागेका कारण ती व्यापारीको ज्यान जोगिएको समाचारमा उल्लेख छ ।
४१ वर्षीय व्यापारी सिराज अब्राहमलाई केप टाउन शहरमा लुटेराहरुले हानेको गोली मोबाइलमा लागेको र मोबाइलले गोली छेकेका कारण अब्राहमको ज्यान बचेको बताइएको छ ।

उनलाई ताकेर ९ मिलिमिटरको गोली प्रहार गरिएको थियो । उनले हुवावेको पि८ लाईट मोबाइल बोकेका थिए । डाक्टहरुका अनुसार उनलाई गोली नलागेपनि गोली हानिएका बखत त्रासका कारण उनको मुटुको धड्कन केही बेर रोकिएको थियो ।
बेहोस भएर केही बेर उनी आफ्नो घर अगाडी नै पल्टिएका थिए । पछि उनकी छोरीले बाउलाई बेहोस अवस्थामै भटेकी थिइन् । अहिले उनी ठिक छन् । अब्राहम पत्नीले दैवी शक्तिले आफ्नो लोग्नेलाई बचाएको बताएकी छन् । घटनापछि हुवावे कम्पनीले अब्राहमको गोली लागेको मोबाइलको सट्टामा उनलाई नयाँ पि ८ मोबाइल उपहार दिएको छ । स्रोत: डेली मेल ।
