हुम्ला । हुम्ला जिल्ला अस्पतालमा कार्यरत डाक्टर केशव भट्टराईको निधनले हुम्लाका बासिन्दा शोकमा परेका छन् ।

सुविधा सम्पन्न अस्पतालमा जस्तो गरी हुम्लामा शल्यक्रिया सेवा प्रदान गर्दै आएका मोरङ पथरी शनिश्चरेका डाक्टरं भट्टराईको सोमबार दिउँसो काठमाडौंमा उपचारको क्रममा ३१ वर्षाकाे उमेरमा निधन भएको थियो ।
गएको एक वर्षदेखि जिल्ला अस्पताल सिमकोटमा कार्यरत डाक्टर भट्टराईले गर्भवती महिलालाई अस्पतालसम्म ल्याउन र स्वास्थ्य संस्थामै प्रसुति गराउन प्रोत्साहन गर्दै आएका थिए ।
साधन स्रोतको अभावनमा पनि राम्रो उपचार सेवा दिँदै आएका डाक्टर भट्टराईको निधनले जिल्लामा कार्यरत स्वास्थ्यकर्मी पनि शोकमा छन । जिल्लाका स्वास्थ्य संस्थाको गुरुको रुपमा रहेका डाक्टर भट्टराईले जिल्लामै पहिलो पटक गर्भवती महिलाको सफल शल्यक्रिया गरेका थिए ।
गर्भमा बच्चा उल्टो भएर समस्या रहेकी सिमकोट–५ की ३४ वर्षकी सुनकली रावतलाई उहाँले नै शल्यक्रिया गरी बचाउनु भएको थियो । रावतले भन्नुभयो ‘उहाँ त म र मजस्तै अरु महिलाका लागि भगवान नै हो । उहाँको निधनले हामी त टुहुरो भयौं ।’