Author: admin

काठमाडौं । पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको आज १०३ औँ जन्मजयन्ती मनाइदै छ । उनको सम्झनामा मुलुकभर विभिन्न कार्यक्रम गरिने भएको छ । उनको सर्वत्र चर्चा रहेको छ भने नेपाली कांग्रेसले राजधानीको सुन्दरीजलमा उनको सम्झनामा कार्यक्रम गर्ने भएको छ । नेपाली राजनीतिमा आदर्श नेता कोइरालाको जन्म जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि सधै संघर्षरत रहे । कोइराला राजनीतिज्ञ मात्रै नभएर साहित्यकार समेत हुन् ।…

Read More

काठमाण्डौँ-  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताएका छन् । सञ्चार प्रविधिसम्बन्धी (सुविसु क्यान कम टेक)को बिहिवार उद्घाटन गर्दै मन्त्री कार्कीले नेपाली भाषा तथा साहित्यको अन्तर्राष्ट्रिय तहमा लोकप्रियता बढ्दै गएकाले अब नेपाली साहित्यलाई पनि त्यस्ता प्रविधिमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले सञ्चारका क्षेत्रमा भएका विकास र प्रगतिले सबै क्षेत्रलाई सहज बनाएको बताउँदै सामाजिक सञ्जालका माध्यमलाई गलत ढङ्गले प्रयोग गर्दा अपराधसमेत बढेकामा चिन्ता व्यक्त गरे । यही भदौ २६ गतेसम्म स्थानीय भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनीमा सूचना तथा प्रविधिमा भएका नयाँ उत्पादन तथा टेलिभिजन, कम्प्युटर, विद्युतीय सामग्रीलगायत ८० वटा…

Read More

भद्रपुर । झापा उद्योग बाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरले आज एक कार्यक्रमका बिच फुलफल तथा जुस वितरण गरेको छ । संघको ५७ औ स्थापन दिवसको अवसरमा मेची अञ्चल अस्पताल भद्रपुरका विरामीहरुलाई फलफुल तथा जुस वितरण गरेको हो । संघका अध्यक्ष नवराज पनेरु (राजु) को नेतृत्वमा गएको टोलीले अस्पातलका ७० जना बढी विरामीलाई फलफुल तथा जुस दिएका थिए । कार्यक्रममा अस्पतालका मेसु पिताम्बर ठाकुर, वरिष्ठ उपाध्यक्ष कालाीचरण बस्नेत, उद्योगी, व्यापारी, पत्रकार लगायतको सहभागिता रहेको थियो । वि.स. २०१६ साल भदौ २३ गते झापाका उद्योगी व्यापारीको हक अधिकारका लागि स्थापित यस संघले आफ्नो स्थापना दिवसमा प्रत्येक बर्ष सामाजिक कार्य गर्दै आइरहेको…

Read More

विर्तामोड । कनकाई एजुकेशन फाउण्डेशन बिर्तामोडमा नेपाल तामाङ विद्यार्थी घेदुङको इकाई समिति विस्तार गरिएको छ । कनकाई क्याम्पसमा अध्ययनरत तामाङ विद्यार्थीहरुको भेलाले सरन योञ्जनको अध्यक्षतामा १९ सदस्यीय इकाई समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पुष्पा योञ्जन, सचिवमा प्रदीप मोक्तान, सह–सचिवमा पेम ल्यामु घिसिङ र कोषाध्यक्षमा विजय डुम्जन रहेका छन् । सदस्यहरुमा दिपेन योञ्जन, सुमन पाख्रिन, सजना बल, दोर्जे गोले, विकास घिसिङ, पेमा बल, निशान वमजन, रविन पाख्रिन, विकास घिसिङ, सुजन लो, मनिराज ग्याबा, मोनिका तामाङ, समिता तामाङ र आकृति तामाङ रहेका छन् । विद्यार्थी घेदुङ झापाका अध्यक्ष हैकम घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रोशन मोक्तानले गरेका थिए ।…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी ६ महिनाभित्र एकसयवटा लामा दूरीका बस सरकारले सञ्चालन गर्ने बताएका छन् । व्यवस्थापिका संसदमा बोल्दै प्रचण्डले छ महिनाभित्र एक सयवटा लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, विरगञ्ज, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत र घोराही लगायत शहरमा नगरपालिकामार्फत सञ्चालन गरिने बताए । सवारी दुर्घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले त्यस्तो त्रासदीपूर्ण स्थिति दोहोरिन नदिन मैले सम्बन्धित मन्त्रालयका माननीय मन्त्री र उच्च पदाधिकारीलाई लिखित रुपमा र कार्यालयमै बोलाएर सुधारका कार्यक्रम तत्काल थाल्न निर्देशन दिएको जनाए । “ यो सरकार यातायात क्षेत्रमा सिण्डिकेट तोड्न प्रतिवद्ध छ । एकाधिकार तोडिएपछिको यातायात नियमन…

Read More

सम्माननीय सभामुख महोदय, आज म यो सम्मानित संसदबाट स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा समेत प्रधानमन्त्रीका रुपमा आफ्ना धारणा र योजना राख्न उपस्थित भएको छु । सर्वप्रथम म सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते र अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु । महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, आदिवासी जनजाति र विभिन्न समुदायका संघर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्दछु । साथै, ती सबै आन्दोलनका सामाजिक न्याय र राष्ट्रनिर्माणका साझा संकल्प र सपना पूरा गर्न प्रतिवद्ध रहने प्रण गर्दछु । १. शान्ति प्रक्रियाका बााकी…

Read More

​ काठमाडौँ, भाद्र २३ । आज ३७औँ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपालमा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ यस दिवस मनाउन लागिएको हो । शिक्षा मन्त्रालयले शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ । दिवसका अवसरमा आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्याभूषण क, ख र ग तथा नेपाल छात्रा विद्या पदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गर्ने कार्यक्रम छ । नेपाल विद्याभूषण पदक ‘क’ बाट १९० जना, नेपाल विद्याभूषण पदक ‘ख’ ८१, नेपाल विद्याभूषण पदक ‘ग’ १५, नेपाल छात्रा विद्या पदक ‘क’ २६ र…

Read More

​ २३ भदौ, काठमाडौं । संखुवासभा र भोजपुरबाट यसै साता तीनवटा बहुमुल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो वर्ष धेरै मुख भएका महँगा दाना तीनवटा बजारमा आएको र अन्य केही गुपचुपमा खरिदबिक्री भएको जानकारी दिए । धुपुको ज्यामिरेमा उत्पादन भएका २१ मुखे रुद्राक्ष् व्यपारी सुजन राई, नरेन्द्र राईलगायतले १६ लाखमा खरिद गरेका आजको अन्नपूर्णमा समाचार छ । षडानन्द नगरपालिका केउरेनीपानीमा उत्पादन भएको २१मुखे रुद्राक्ष व्यपारी नीलमणि न्यौपाने लगायतले १५ लाख ५० हजारमा खरिद गरे । यसैगरी यसै साता भोजपुरको फलिकोटमा उत्पादन भएको २१ मुखे रुद्राक्ष सानो…

Read More

​ २३ भदौ, काठमाडौं । भूकम्पका क्षतिग्रस्त बनेको पशुपति परिसरका मठमन्दिर बनाउने जिम्मा भारतीयलाई दिने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले फिर्ता गरिदिएका छन् । पशुपति मन्दिर परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जीर्णोद्धारका लागि भारत सरकारलाई अनुमति दिन सरोकारवाला निकायबीच केही दिन अघि सहमति भएको थियो । पुरातत्व विभाग र पशुपति क्षेत्रविकास कोषबीच गत साता सहमति गरेर भारत सरकारलाई सबै मन्दिर बनाउन दिने सहमति स्वीकृतिका लागि मन्त्रिपरिषदमा लगिएको आजको कारोबारदैनिकमा समाचार छ । बुधबार नेपाल पर्वतारोहण संघको २६ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री शाहीले पशुपति क्षेत्रभित्रका मन्दिरसमेत बनाउने गरी भारतीय प्रस्ताव आएको बताउँदै आफूले त्यो प्रस्ताव फिर्ता…

Read More

​ २३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ । तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै छन् । मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा यस वर्ष प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना भएनन् । इतिहास केन्द्रीय विभागमा भने एक विद्यार्थी भर्ना भएका छन् । प्राध्यापक भने १२ छन् । त्रिवि भूगोल केन्द्रीय विभाग प्रमुख नरेन्द्रराज खनालले प्रथम सेमेस्टरमा भर्ना शून्य रहेको र तेस्रो सेमेस्टरमा नियमित पाँच विद्यार्थी हाजिर हुने गरेको बताए । सो विभागमा १४ प्राध्यापक रहेको अाजको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । त्रिविका आधा दर्जन केन्द्रीय विभागमा…

Read More