
काठमाडौँ, भाद्र २३ । आज ३७औँ राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपालमा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ यस दिवस मनाउन लागिएको हो ।
शिक्षा मन्त्रालयले शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ ।
दिवसका अवसरमा आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्याभूषण क, ख र ग तथा नेपाल छात्रा विद्या पदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गर्ने कार्यक्रम छ ।
नेपाल विद्याभूषण पदक ‘क’ बाट १९० जना, नेपाल विद्याभूषण पदक ‘ख’ ८१, नेपाल विद्याभूषण पदक ‘ग’ १५, नेपाल छात्रा विद्या पदक ‘क’ २६ र नेपाल छात्रा विद्या पदक ‘ख’ बाट चारजना विभूषित हुनेछन् ।
दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालबाट उत्कृष्ट विद्यालय पुरस्कृत गर्ने कार्यक्रम छ ।