काठमाण्डौँ- सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताएका छन् ।
![;~rf/ dGqLnfO{ z'esfdgf sfo{qmd g]kfn kqsf/ dxf;ª3df dªunaf/ cfof]hgf u/]sf] z'esfdgf sfo{qmddf dGtJo JoQm ub}{ ;"rgf tyf ;~rf/ dGqL ;'/]Gb|s'df/ sfsL . tl:a/ M /Tg >]i7, /f;;](http://asiansamachar.com/wp-content/uploads/2016/09/RAM-KARKI.jpg)
सञ्चार प्रविधिसम्बन्धी (सुविसु क्यान कम टेक)को बिहिवार उद्घाटन गर्दै मन्त्री कार्कीले नेपाली भाषा तथा साहित्यको अन्तर्राष्ट्रिय तहमा लोकप्रियता बढ्दै गएकाले अब नेपाली साहित्यलाई पनि त्यस्ता प्रविधिमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
उनले सञ्चारका क्षेत्रमा भएका विकास र प्रगतिले सबै क्षेत्रलाई सहज बनाएको बताउँदै सामाजिक सञ्जालका माध्यमलाई गलत ढङ्गले प्रयोग गर्दा अपराधसमेत बढेकामा चिन्ता व्यक्त गरे ।
यही भदौ २६ गतेसम्म स्थानीय भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनीमा सूचना तथा प्रविधिमा भएका नयाँ उत्पादन तथा टेलिभिजन, कम्प्युटर, विद्युतीय सामग्रीलगायत ८० वटा कक्ष राखिएको छ ।
दर्शकले विभिन्न उत्पादनको जानकारी लिनुका साथै आवश्यक सामग्री खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।