विर्तामोड । कनकाई एजुकेशन फाउण्डेशन बिर्तामोडमा नेपाल तामाङ विद्यार्थी घेदुङको इकाई समिति विस्तार गरिएको छ ।

कनकाई क्याम्पसमा अध्ययनरत तामाङ विद्यार्थीहरुको भेलाले सरन योञ्जनको अध्यक्षतामा १९ सदस्यीय इकाई समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पुष्पा योञ्जन, सचिवमा प्रदीप मोक्तान, सह–सचिवमा पेम ल्यामु घिसिङ र कोषाध्यक्षमा विजय डुम्जन रहेका छन् ।
सदस्यहरुमा दिपेन योञ्जन, सुमन पाख्रिन, सजना बल, दोर्जे गोले, विकास घिसिङ, पेमा बल, निशान वमजन, रविन पाख्रिन, विकास घिसिङ, सुजन लो, मनिराज ग्याबा, मोनिका तामाङ, समिता तामाङ र आकृति तामाङ रहेका छन् ।
विद्यार्थी घेदुङ झापाका अध्यक्ष हैकम घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रोशन मोक्तानले गरेका थिए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ नगर इकाई समिति बिर्तामोडका अध्यक्ष पदमबहादुर तामाङ (देवराज), विद्यार्थी घेदुङ जिल्ला उपाध्यक्ष निमा गोले, सह–सचिव चन्दा मोक्तानलगायतले शुभकामना मन्तव्य राखेका थिए ।