काठमाडौं । पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको आज १०३ औँ जन्मजयन्ती मनाइदै छ । उनको सम्झनामा मुलुकभर विभिन्न कार्यक्रम गरिने भएको छ ।

उनको सर्वत्र चर्चा रहेको छ भने नेपाली कांग्रेसले राजधानीको सुन्दरीजलमा उनको सम्झनामा कार्यक्रम गर्ने भएको छ । नेपाली राजनीतिमा आदर्श नेता कोइरालाको जन्म जन्म विसं १९७१ भदौ २४ गते भएको थियो ।
पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि सधै संघर्षरत रहे ।
कोइराला राजनीतिज्ञ मात्रै नभएर साहित्यकार समेत हुन् । उनका डेढ दर्जनबढी साहित्यिक कृतिहरु प्रकाशित छन् । उनका ‘दोषी चस्मा’ कथासङ्ग्रह, ‘सुम्निमा’ ‘मोदि आइन’, ‘तीन घुम्ती’, ‘हिट्लर र यहुदी’, ‘बाबु, आमा र छोरा’, ‘नरेन्द्र दाइ’उपन्यास र कविता लगायत कृतिहरु चर्चित छन् । वीपीको निधन विसं २०३९ साउन ६ गते निधन भएको थियो ।