Author: admin

काठमाडौं । सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस वर्ष आयोजकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन् । पचली भैरवको नयाँ घ्याम्पो फेरेको वर्ष राष्ट्रध्यक्ष गएर पूजाआजा र दर्शन गर्ने परम्परा छ । असोज १६ गते यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र जाने भएका आजको अन्नपूर्णमा समाचार छ । मल्ल राजा गुणकामदेवको पालदेखि सुरु भएको पचली भैरव जात्रामा राजा त्रिभुवन वर्षेनि जान्थे भने राजा वीरेन्द्र दर्शन र पूजाआजाका लागि जाने गरेका थिए । २०५८ सालमा राजा भएपछि राष्ट्रध्यक्षको हैसियतमा पचली भैरवको पूजा गरेका ज्ञानेन्द्र त्यसको १५ वर्षपछि फेरि जात्रामा सहभागी हुन…

Read More

 काठमाडौं । सरकारले उपलब्ध गराउँदै आएको विपन्न नागरिक उपचार कोषबाट तीन वर्षमा २२ हजार तीन सय ४१ जनाले उपचार गराएका छन् । आर्थिक वर्ष ०७०/७१ मा आठ हजार दुई सय १३, ०७१/७२ मा ६ हजार ९५ र ०७२/७३ मा आठ हजार ३३ जनाले सरकारी उपचार खर्च पाएका हुन् । सबैभन्दा धेरै उपचार खर्च लानेमा क्यान्सर रोगी सरकारले छुट्याएका आठ प्रकारको गम्भीर रोगमध्ये सबैभन्दा बढी क्यान्सरका बिरामीले विपन्न नागरिक उपचार कोषबाट उपचार गराएका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । । कोषअन्तर्गतको व्यवस्थापन महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार तीन वर्षमा नौ हजार तीन सय ७० जनाले क्यान्सरको उपचार गरेका छन् । ०७०/७१ मा…

Read More

काठमाडौँ । नेपालमा पहिलोपटक विश्व स्कुल दूध दिवस मनाइने भएको छ । विश्वमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी असोज १२ गते विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ पिलाएर सो दिवस सुभारम्भ गर्नुहुने नेपाल डेरी एसोसिएसनले जनाएको छ । यही असोज ११ र १२ गते मनाइने उक्त दिवसको पहिलो दिन एसोसिएसनबाट प्रकाशित डेरी दर्पण २०७३ विमोचन र दुग्ध पदार्थ तथा उपकरणको प्रदर्शनी गरिने छ । काठमाडौँस्थित बानेश्वर ब्याङ्क्वेटमा हुने उक्त कार्यक्रममा दुग्ध व्यवसायी, किसान, दाना व्यवसायीलगायतका विभिन्न स्टल राखिने छ । बजारमा दूधको माग दैनिक ९६ लाख लिटर भएपनि दैनिक ४८ लाख दूध उत्पादन…

Read More

उर्लाबारी । मोरङको इटहरा–३ स्थित धरमभकारी भन्ने ठाउँबाट आज बिहान फेरि बक्राहा खोला गाउँमा पस्दा सो क्षेत्रका ३० घरपरिवार विस्थापित भएका छन् । हिजो साँझदेखि नै परिरहेको वर्षाले आज दिउँसो खोलामा पानी बढेर इटहरा – ३ जयनगर बस्तीका ३० घरपरिवार विस्थापित भएका हुन् । अहिले उनीहरु खोलाको बाँध र आफन्तको शरणमा बसिरहेका छन् । गत असोज ५ गते बुधबार नै सो ठाउँमा खोलाले बाँध फुटाएको थियो । खोलाले फुटाएको बाँधको तटबन्धन हुन नसक्दा आज फेरि खोला गाउँमा पसेको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिनुभयो । बक्राहा खोला गाउँमा पस्दा इटहराको वडा नं ३, ४ र ५…

Read More

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे सवार गाडी दुर्घटनामा खोज तथा उद्धारमा लाग्न निर्देशन दिएका छन् । प्रहरीसँग घटनाबारे जानकारी लिँदै प्रधानमन्त्रीले तत्काल राहत तथा उद्धार गर्न दिर्नेशन दिएका हुन् । प्रधानमन्त्री दाहालले ट्वीटमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Read More

चितवन । पूर्व मुख्य सचिव तथा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको छ। पृथ्वी राजमार्गको मुङ्लिन– कुरिनटार सडक खण्डको बीचमा पर्ने दारेचोक गाविस ३ घोप्ट भीरबाट घिमिरे चढेको स्कोपियो गाडी त्रिशुलीमा खसेको हो।  बा ९ च १५३१ नम्बरको गाडी नदीमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेका चार जनाको उद्दार गरिएको छ भने तीन जना बेपत्ता रहेका इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। दुर्घटनामा चालक भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। बेपत्ता रहेकाहरुको खोजी भइरहेको  सशस्त्र प्रहरी बल विपद ब्यवस्थापन तालिम केन्द्र कुरिनटारले जनाएको छ।  साँझ ५ बजे कार खसेको हो। घिमिरेसँग परिवारका सदस्य भएको हुन…

Read More

 काठमाडौँ । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी एयर बस किन्ने भएको छ । निगमको सञ्चालक समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निगमका प्रमुख कार्यकारी अधिकृत सुगतरत्न कंसाकारले आफ्नो फेसबुक स्ट्याटस लेख्दै निगमको इतिहासमा पहिलोपटक यो काम हुन लागेको बताएका छन् । निगमले किन्न खोजेको विमान ए ३३०–२०० हो, यो विमानको नेपाली मूल्य १२ अर्ब रुपैयाँ पर्ने अनुमान निगमको छ । प्रमुख कार्यकारी अधिकृत कंसाकारका अनुसार, एकवर्षभित्रमा पहिलो विमान सञ्चालनमा ल्याउने तयारीमा निगम लागेको छ । सरकारले २५ अर्ब रुपैयाँको स्वीकृति दिएपछि निगमले दुईवटा विमान किन्ने निर्णय गरेको उनले बताए । विमानमा दुईसय पचासदेखि दुई सय सत्तरी सिट क्षमताको…

Read More

प्याज तरकारी र सलाद मात्रै हो सोच्ने धेरैको बानी हुन्छ । कतिले यसको बास्ना पछिसम्म रहने र श्वास गन्हाउने भनेर प्याज खान मान्दैनन् । तर, प्याजको उपयोगीता औषधि भन्दा कम छैन । नियमित प्याज सेवनले उमेर मात्रै बढाउदैन, कतिपय रोगका लागि घरेलु औषधिको काम समेत गर्छ ।   १. गर्मिमा लू लाग्नु सामान्य कुरा हो । काँचो प्यााज खाँदा लूबाट जोगिन सकिन्छ । यसको रस पिउँदा अझ फाइदाजनक हुन्छ । यही कारण बुढापाकाहरु गर्मीमा प्याज सँगै लिएर हिँड्छन्  र अरुलाई पनि त्यस्तै गर्न सुझाइरहेका हुन्छन् । २. कपाल झरेको झर्यै भइरहेको छ भने यसमा प्याजको रस निकै फाइदाजनक हुन…

Read More

जिल्ला वन कार्यालय धादिङको आक्रमणपछि बन्द भएको सामुदायिक रेडियोे, रेडियो धादिङ १०६ मेगाहर्ज अस्थायी रुपमा संचालनमा आएको छ । आम नागरिकको सुचना पाउने अधिकारलाई सुसुचित गर्दै श्रोता, शुभचिन्तक, सरोकारवाला निकायका अगुवाहरुको सल्लाह अनुसार रेडियो संचालन गरिएको स्टेशन मेनेजर राजाराम शर्माले बताए । भत्काएकै पूरानो भवनको माथिल्लो तल्लाबाट अस्थायी उपकरणहरु प्रयोग गरेर रेडियो प्रशारण गरिएको छ । रेडियार्कोे कल साइन, समाचार र कार्यक्रमका सिग्नेचर टिउन भएक कम्प्यूटरमा समेत पूर्ण क्षति भएकोले प्रशारणमा कठिनाई भएपनि जति उपलब्ध छ त्यहि उपकरण प्रयोग गरेर रेडियो प्रशारण सुरु गरिएको हो । रेडियोमाथि शुक्रबार बिहान ४ बजे जिल्ला वन कार्यालय धादिङले आक्रमण गरेको थियो । आक्रमणमा…

Read More

​उर्लाबारी, असोज ९ । मोरङको राजघाट गाविसलाई इटहारा र सिजुवामा मिसाउन खोजेको भन्दै विरोध शुरु भएको छ ।  स्थानीयबासीले राजघाटलाई पुनसंरचना गर्दा उर्लाबारी नगरपालिकामै मिसाउन माग गरेका हुन ।    तोर्ण बहादुर श्रेष्ठको अगुवाईमा स्थानीयले आइतबार राजघाट बिरोधसभा गरेका थिए । उनीहरुले सो क्षेत्रका १५ हजार सर्वसाधारणको हस्ताक्षर समेत संकलन गरिसकेका छन् । उनीहरुले गत असोज ४ गते देखि जिल्ला विकास समिति मोरङमा ज्ञापनपत्र बुझाउदै राजघाटलाई उर्लाबारी नगरपालिकामा समाहित गर्न माग गरेका थिए ।  स्थानीय बुढाथोकीका अनुसार राजघाटलाई उर्लावारी नगरपालिकामै समाहित गर्नु पर्ने मागको विषयमा राजघाटबासी एकमत रहेका छन ।  

Read More