
जिल्ला वन कार्यालय धादिङको आक्रमणपछि बन्द भएको सामुदायिक रेडियोे, रेडियो धादिङ १०६ मेगाहर्ज अस्थायी रुपमा संचालनमा आएको छ ।
आम नागरिकको सुचना पाउने अधिकारलाई सुसुचित गर्दै श्रोता, शुभचिन्तक, सरोकारवाला निकायका अगुवाहरुको सल्लाह अनुसार रेडियो संचालन गरिएको स्टेशन मेनेजर राजाराम शर्माले बताए ।
भत्काएकै पूरानो भवनको माथिल्लो तल्लाबाट अस्थायी उपकरणहरु प्रयोग गरेर रेडियो प्रशारण गरिएको छ । रेडियार्कोे कल साइन, समाचार र कार्यक्रमका सिग्नेचर टिउन भएक कम्प्यूटरमा समेत पूर्ण क्षति भएकोले प्रशारणमा कठिनाई भएपनि जति उपलब्ध छ त्यहि उपकरण प्रयोग गरेर रेडियो प्रशारण सुरु गरिएको हो ।
रेडियोमाथि शुक्रबार बिहान ४ बजे जिल्ला वन कार्यालय धादिङले आक्रमण गरेको थियो । आक्रमणमा रेडियोका सम्पूर्ण संरचना ध्वस्त पारेको छ ।
Facebook Comments Box