चितवन । पूर्व मुख्य सचिव तथा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको छ।

पृथ्वी राजमार्गको मुङ्लिन– कुरिनटार सडक खण्डको बीचमा पर्ने दारेचोक गाविस ३ घोप्ट भीरबाट घिमिरे चढेको स्कोपियो गाडी त्रिशुलीमा खसेको हो। बा ९ च १५३१ नम्बरको गाडी नदीमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेका चार जनाको उद्दार गरिएको छ भने तीन जना बेपत्ता रहेका इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।
दुर्घटनामा चालक भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। बेपत्ता रहेकाहरुको खोजी भइरहेको सशस्त्र प्रहरी बल विपद ब्यवस्थापन तालिम केन्द्र कुरिनटारले जनाएको छ। साँझ ५ बजे कार खसेको हो।
घिमिरेसँग परिवारका सदस्य भएको हुन सक्ने प्रहरीको अनुमान छ। कार पुरै पानीमा डुवेको चितवनका एसपी बसन्तबहादुर कुँवरले जानकारी दिए।
Facebook Comments Box