उर्लाबारी, असोज ९ । मोरङको राजघाट गाविसलाई इटहारा र सिजुवामा मिसाउन खोजेको भन्दै विरोध शुरु भएको छ ।
स्थानीयबासीले राजघाटलाई पुनसंरचना गर्दा उर्लाबारी नगरपालिकामै मिसाउन माग गरेका हुन ।
तोर्ण बहादुर श्रेष्ठको अगुवाईमा स्थानीयले आइतबार राजघाट बिरोधसभा गरेका थिए । उनीहरुले सो क्षेत्रका १५ हजार सर्वसाधारणको हस्ताक्षर समेत संकलन गरिसकेका छन् । उनीहरुले गत असोज ४ गते देखि जिल्ला विकास समिति मोरङमा ज्ञापनपत्र बुझाउदै राजघाटलाई उर्लाबारी नगरपालिकामा समाहित गर्न माग गरेका थिए ।
स्थानीय बुढाथोकीका अनुसार राजघाटलाई उर्लावारी नगरपालिकामै समाहित गर्नु पर्ने मागको विषयमा राजघाटबासी एकमत रहेका छन ।
Facebook Comments Box