Author: admin

​१८ असोज, काडमाडौं । दशै सुरु भएसँगै पूवी नेपालमा सीमावर्ती गाविसमा असुरक्षा बढेको छ । भारतीय सीमाना जोडिएका गाविसहरुमा चोरी, डकैती र तस्करीका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा असुरक्षित महसुस गर्न गालेका हुन् । सीमा क्षेत्र सुरक्षाको जिम्मा लिएको सशस्त्र प्रहरीले समेत नियमति गस्ती गर्न छाडेपछि भारतीय सिमाना जोडिएकागाविसमा शान्ति सुरक्षा कमजोर बनेको स्थानीय बासिन्दाले बताए । पूूर्वका सुनसरी, झपा, सप्तरी, सिराहाका मीमावर्ती गाविस निरिक्षण गर्न गएको राष्ट्रिय मानवअधिकार आयोगका सदस्यहरु गोविन्द शर्मा र मोहना अन्सारी नेतृत्वको टोलीसँग स्थानीय बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा नभएको भन्दै ध्यानाकर्षण गराएका अाजको अन्नपूर्णमा समाचार छ । भारतीय डाँकाको समूहले चोरी गर्न थालेपछि सीमा क्षेत्रका…

Read More

भद्रपुर । मेची राजमार्ग अन्तर्गत पर्ने झापाको चारआली केचना सडक अबकाे तीस महिनाभित्र बनिसक्ने भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले  सोमबार उक्त हुलाकी सडककाे पु:न शिलान्यास गर्दै ३० महिनाभित्र  काम सक्ने दाबी गरेका छन् ।  जीर्ण भएर बर्षाैंदेखि सञ्चालनमा रहेको उक्त सडकको यस अघि पनि पटक पटक शिलान्यास गरिएकाे थियाे । तर शिलान्यास पश्चात कुनै काम हुन नसके पछि उक्त सडक अलपत्र छोडिएको थियो । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले आयोजना गरेको शिलान्यास कार्यक्रममा मन्त्री लेखकले चारआली केचना तथा भद्रपुर राजगढ सडक खण्डको यसअघिका शिलान्यास केवल राजनीतिक नाराको रूपमा रहेको बताए । उनले भने,…

Read More

दमक । पूर्वकानुन मन्त्री तथा एमाले नेता अग्नि खरेलले नेपाली जनताका प्रतिधिनिले तयार गरेको संविधान कार्यान्वयन गर्ने विषय मुख्य चुनौती भएको बताएका छन् । नेकपा एमाले दमक नगर समितिले सोमबार झापाको दमकमा गरेको दसैंको शुभकामना आदान-प्रदान कार्यक्रममा खरेलले सरकार संविधान कार्यान्वयनतर्फ नलागेकाले आरोप लगाउँदै सरकारका कारण संविधान कार्यान्वयन चुनौतीपूर्ण भएको बताए । सरकारले आउदो चैतसम्म स्थानीय तहको निर्वाचन गर्ने भने पनि आवस्यक विधेयकहरू संसदमा पेश नगरेका कारण चैतसम्म चुनाव हुन नसक्ने दाबी गरे। खरेलले संविधान अनुसार स्थानीय तहको पूर्नसंरचना गर्नु पर्ने बताए। नेपालको संविधानले स्थानीय तहलाई पूर्ण रुपमा अधिकार प्रदान गरेको बताउदै उनले स्थानीय पूर्नसंरचना निर्धारण आयोगको प्रतिवेदन अनुसार नै…

Read More

इलाम । विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा हाब्रे को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ । रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो । वन अभिभावकले रेडपाण्डाको बासस्थान, उसले हिँड्ने बाटो, रेडपाण्डाको दिसा र रेडपाण्डा देखिए तस्बिरसहितको एप्लिकेसनमार्फत सबै विवरण भरेर रेडपाण्डा नेटवर्कको केन्द्रीय कार्यालयमा पठाउन थालेका छन् । इलाममा १४ जना वन अभिभावकलाई सात वटा, पाँचथरमा १२ जनालाई छ वटा र ताप्लेजुङमा २८ जना वन अभिभावकलाई १४ वटा मोबाइल वितरण गरिएको रेडपाण्डा नेटवर्कका सुमित गौतमले बताउनुभयो । मोबाइल एप्लिकेसन प्रयोगका लागि भने रेडपाण्डा पाइने जङ्गल…

Read More

काठमाडौं :  काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रुबाहक बस कास्कीको याम्दीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। काठमाडौंबाट बुर्तिबाङ जाँदै गरेको ग १ ख ६१६९ नम्बरको बस सोमबार बिहान ५ बजेर ५५ मिनेट जाँदा दुर्घटना भएको र सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र सबै घाइतेको उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं । पर्याप्त विद्युत् उत्पादन नहुँदा देशमा बाह्रैमास लोडसेडिङ छ, तर उत्पादित विद्युत् पनि काठमाडौं र अन्य सहरमा पुर्याउन प्रसारण र वितरण लाइन अभाव छ । नेपालभित्रै उत्पादन भएको र भारतबाट आयात गरिएको बिजुली प्रसारण गरी उपभोक्ताको घरसम्म पुर्याउने लाइन सुदृढीकरण नगरे विद्युत् आपूर्तिमा थप समस्या हुने भएको छ । ढल्केबर–मुजफ्फपुर क्रसबोर्डर प्रसारण लाइनबाट अहिले ८० मेगावाट बिजुली प्रसार भइरहेको छ । तर, थप एक सय ५० मेगावाट बिजुली ल्याउने सहमति भए पनि सिंक्रोनाइजेसनका लागि भइरहेको काम ज्यादै सुस्त छ । गत वर्ष ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट आयात भइरहेको ८० मेगावाट विद्युत् नेपालले पाउने–नपाउने अन्योल नै छ । ८०…

Read More

काठमाण्डाैं ।  सर्वसाधारण दशैं मान्न गाउँ गइरहदाँ मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन्। केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन्। यो खबर आजको राजधानीमा छापिएको छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारूढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् । फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्वदेश र्फकने कार्यक्रम तय भएको छ । तर त्यो मिति लम्बिनसक्ने उनी निकट नेताहरुले बताएका छन्। यसैगरी नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का पनि बुधबार नयाँ दिल्ली जाँदै छन्। यही क्रममा उनले स्वास्थ्य परीक्षण पनि गर्ने…

Read More

काठमाण्डाैं ।  परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण प्रसाईं परस्त्रीकाण्डामा मुछिएको घटना बाहिर आएपछि अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको हो। यो समाचार सेतोपाटीका लागि आजको राजधानीबाट लिइएको हो। प्रहरी नायब महानिरीक्षक माधव नेपालको निर्देशनमा गठन गरिएको छानबिन टोलीको सदस्यमा अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्याल रहेका छन् । छानबिन टोलीले ५ दिनभित्र प्रतिवेदन…

Read More

काठमाडौं – चौतर्फी दबाबपछि यातायात व्यवसायी थप बस चलाउन तयार भएका छन् । सोमबारदेखि दसैँका लागि पुनः बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको छलफलमा बस चलाउँदाको यातायात व्यवसायीलाई हुने घाटा समितिले बेहोर्ने सहमति भएको छ । सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नदिने सरकारको निर्णयको विरोध गर्दै व्यवसायीले ४० प्रतिशत बस चलाउन मानेका थिएनन् । सिट क्षमताअनुसार मात्र यात्रु राख्दा घाटा हुने भन्दै उनीहरूले एकतर्फी बाटोको इन्धन खर्च सरकारले दिनुपर्ने अडान राख्दै आएका थिए । जिल्ला र ग्यारेजमा राखिएका बस सञ्चालनमा आउने यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले आइतबारको छलफलपछि व्यवसायीहरू सबै…

Read More

काठमाडौं –  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी (बनेपा–बर्दिबास) राजमार्गमा १८ सिटभन्दा कम क्षमताका साना सवारीसाधन मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत साउनमा गठन गरेको सात सदस्यीय प्राविधिक अध्ययन समितिको सिफारिसविपरीत समितिको सिफारिसविपरीत उक्त निर्णय गरेको हो । प्राविधिक अध्ययन समितिले उक्त राजमार्ग ठूला (३५) सिटे सवारीसाधन सञ्चालन गर्नका लागि प्राविधिक रूपमा योग्य रहेको सिफारिस बुझाएको थियो । सो राजमार्गमा यातायात सञ्चालन गरिरहेका व्यवसायीको दवाबमा परेर मन्त्रालयले ठूला सवारीसाधन सञ्चालन गर्ने निर्णयबाट पछि हटेको प्राविधिक अध्ययन समितिका एक सदस्यले जानकारी दिए । समितिले ७ असोजमा मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । तर, मन्त्रालय १८ सिटभन्दा कम क्षमताका साना…

Read More