दमक । पूर्वकानुन मन्त्री तथा एमाले नेता अग्नि खरेलले नेपाली जनताका प्रतिधिनिले तयार गरेको संविधान कार्यान्वयन गर्ने विषय मुख्य चुनौती भएको बताएका छन् ।
नेकपा एमाले दमक नगर समितिले सोमबार झापाको दमकमा गरेको दसैंको शुभकामना आदान-प्रदान कार्यक्रममा खरेलले सरकार संविधान कार्यान्वयनतर्फ नलागेकाले आरोप लगाउँदै सरकारका कारण संविधान कार्यान्वयन चुनौतीपूर्ण भएको बताए ।
सरकारले आउदो चैतसम्म स्थानीय तहको निर्वाचन गर्ने भने पनि आवस्यक विधेयकहरू संसदमा पेश नगरेका कारण चैतसम्म चुनाव हुन नसक्ने दाबी गरे। खरेलले संविधान अनुसार स्थानीय तहको पूर्नसंरचना गर्नु पर्ने बताए।
नेपालको संविधानले स्थानीय तहलाई पूर्ण रुपमा अधिकार प्रदान गरेको बताउदै उनले स्थानीय पूर्नसंरचना निर्धारण आयोगको प्रतिवेदन अनुसार नै स्थानीय तहको पूर्नसंरचनालाई अघि बढाउनु पर्ने बताए ।
फरक प्रसंगमा भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नु गलत भएको बताउदै उनले भने, ‘हाम्रो पार्टीले प्रचण्डलाई भेटेर भारत भ्रमणबाट फर्किएपछि स्वागत गर्न पाउ भनेका थियौँ तर आलोचना गर्नु गर्यो।’