काठमाडौं :
काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रुबाहक बस कास्कीको याम्दीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
काठमाडौंबाट बुर्तिबाङ जाँदै गरेको ग १ ख ६१६९ नम्बरको बस सोमबार बिहान ५ बजेर ५५ मिनेट जाँदा दुर्घटना भएको र सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
घाइतेहरूको अवस्था सामान्य रहेको र सबै घाइतेको उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box