Author: admin
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ। एमाले अध्यक्ष ओलीको निवास बालकोटमा विहान साढे १० बजेदेखि छलफल जारी छ। भेटवार्तासँगै आज दुई नेताले सँगै खानासमेत खाएका छन्। आज उनीहरुबीच सभामुखको चयन र मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएको छ।
पोखरा । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुरक्षित हवाई यात्राबारे प्रष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन् । शोक विज्ञप्ति निकालेर उनले हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने नकारात्मक असरबारे गम्भीर बन्न पनि सरकारलाई आग्रह गरेका हुन् । काठमाडौंबाट पोखरातर्फ उडान गर्दै गरेको यति एयरलाइन्सको जहाज आइतबार पोखरामा दुर्घटनामा परेको थियो। सरकारले यसबारे अध्ययन गर्न समितिसमेत गठन गरेको छ ।
काठमाडौं । प्रधानमत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पोखरा जाने कार्यक्रम स्थगित भएको छ । विमान दुर्घटनास्थलको अवलोकनका लागि प्रचण्ड र गृहमन्त्री रवि लामिछाने पोखरा जाने तयारी गरेका थिए । गृहमन्त्री लामिछानेले प्रधानमन्त्री जाँदा भिड नियन्त्रण गर्न झन् कठिन हुन सक्ने आँकलन गरी कार्यक्रम स्थगित गरिएको बताए । प्रधानमन्त्रीलाई लैजान सेनाको हेलिकोप्टरसमेत बालुवाटार ल्याइसकिएको थियो । लामिछानेले भने, ‘सबैले आ-आफ्नो ठाउँबाट गर्नुपर्ने कुराहरु यहाँबाट गरिरहनुभएको छ । त्यहाँ जाँदा झन् असहजता र भिडभाड होला भनेर भ्रमण रद्द गरिएको हो ।’
काठमाडौँ । यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेपछि आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले चार वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । १. पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन । संयोजक : पूर्वसचिव नागेन्द्र घिमिरे, सदस्यहरु – हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा सदस्य सचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने । २. आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिने । ३. सोमबार (माघ २ गते) देशभर शोक बिदा दिने । ४.…
काठमाडौं। पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए। छानबिन गर्न बनेको आयोगमा हवाई विज्ञ तथा अवकाशप्राप्त उपरथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा सदस्य छन्। आयोगको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेको मन्त्री पौडेलले जानकारी दिए। सरकारले यो आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामा दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि जाने भएका छन् । सचिवालयका अनुसार केही मन्त्रीसहित प्रधानमन्त्री जान लागेका हुन् । मन्त्रीपरिषद् बैठक सकिएलगत्तै प्रचण्ड पोखरा जान लागेका हुन् ।
काठमाडौं। सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । बालुवाटारमा जारी बैठकमा विमान दुर्घटनापछि प्रभावकारी उद्धार तथा दुर्घटनाको प्राविधिक कारण खोजीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । क्याबिनेट बस्नुअघि प्रधानमन्त्री दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पुगेका थिए ।
काठमाडौँ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेज र ६८ जना यात्रु सवार थिए । जसमध्ये एयरलाइन्समा सवार यात्रुहरूको पहिचान खुलेको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा ६८ जना यात्रु सवार थिए ।त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए । आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र…