काठमाडौँ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेज र ६८ जना यात्रु सवार थिए ।
जसमध्ये एयरलाइन्समा सवार यात्रुहरूको पहिचान खुलेको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा ६८ जना यात्रु सवार थिए ।त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।
आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न सकिने अवस्था करिब सकिएको बताउनुभयो ।
को-को थिए यात्रु ?



Facebook Comments Box