काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुरक्षित हवाई यात्राबारे प्रष्ट योजना ल्याउन सरकारसँग माग गरेका छन् ।
शोक विज्ञप्ति निकालेर उनले हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने नकारात्मक असरबारे गम्भीर बन्न पनि सरकारलाई आग्रह गरेका हुन् ।
काठमाडौंबाट पोखरातर्फ उडान गर्दै गरेको यति एयरलाइन्सको जहाज आइतबार पोखरामा दुर्घटनामा परेको थियो। सरकारले यसबारे अध्ययन गर्न समितिसमेत गठन गरेको छ ।

Facebook Comments Box