काठमाडौँ । यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेपछि आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले चार वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।
१. पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन । संयोजक : पूर्वसचिव नागेन्द्र घिमिरे, सदस्यहरु – हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा सदस्य सचिव– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने ।
२. आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिने ।
३. सोमबार (माघ २ गते) देशभर शोक बिदा दिने ।
४. आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना गर्ने ।
Facebook Comments Box