Author: admin

काठमाण्डौं ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा आगवागमन र प्रस्तान दुबै तर्फ कर्मचारीका लागि फेसबुक र युट्युव बन्द गरिएको छ। केही दिन अघि अध्यागमनका कर्मचारीले कम्प्युटरमा फेसबुक चलाएको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा फेसबुक र युट्युब बन्द गरिएको विमानस्थल अध्यागमन विभागका निमित्त प्रमुख उद्धवप्रसाद तिमल्सिनाले बताए। ‘हामीले असार ७ गतेदेखि विमानस्थलको अध्यागमन अन्तर्गत आवागमन र प्रस्थान दुबैतर्फ सामाजिक सञ्जाल फेसबुक र युट्युव बन्द गराएका छौ,’ उनले भने,‘ प्रधानमन्त्रीले हामीलाई सामाजिक सञ्जालमा आएको एउटा फोटोबारे जवाफ माग्नु भएको थियो, त्यसैको जवाफमा हामीले कार्यालयमा भएका सबै कम्प्युटरमा बन्द गरेका हौ।’ यद्यपी उनले यात्रुहरूका लागि भने कुनै बन्देज नरहेको…

Read More

काठमाण्डौं ।  ललितपुरमा भएको एक कार्यक्रमका प्रमुख अतिथि रहेका कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलको भाषण सुन्न सबैजना आतुर थिए । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा मन्त्री गजुरेलले केहीबेर त मौखिक भाषण  गर्नुभयो । तर उत्कृष्ट भएका किसानले दिएका सुझाव सम्बोधन गर्ने क्रममा भने उहाँलाई निकै गाह्रो भयो । उत्कृष्ट किसानले अनुभव सुनाउने क्रममा सरकारलाई दिएका सुझाव मन्त्री गजुरेलले सानो डायरीमा टिपेर कोटको भित्री खल्तीमा हाल्नुभएको थियो । तर मञ्चमा पुगेपछि उहाँले कोटको बाहिरी खल्ती र भित्री खल्तीमा छामछुम पार्नुभयो । डायरी कतै पनि भेटिएन । धेरैबेर छामछुम गर्दा पनि डायरी नभेटेपछि हलमा कानेखुशी हुन थाल्यो । मन्त्री गजुरेलको अनुहार…

Read More

झापा ।   आज दही चिउरा खाने दिनमा त तपाईँ यसै पनि दही खाइहाल्नुहुन्छ । तर दही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको नियमित सेवन गर्ने सल्लाह दिइन्छ । दहीमा भएका पुष्टिकारक तत्वलाई शरीरको पाचन प्रणालीले सजिलै ग्रहण गर्छ । यसले अरू खानेकुराबाट प्राप्त पौष्टिक तत्वलाई पनि शरीरमा पचाउन मद्दत गर्छ । पीरो र मसालादार खानेकुरा खाएपछि उत्पन्न तातोपनालाई दहीले चिस्याउन मद्दत गर्छ । मुटु स्वस्थ राख्नका लागि दही लाभदायक हुन्छ । यसको नियमित प्रयोगले उच्च रक्तचापको जोखिम हटाउँछ र मुटुका धमनीलाई बाक्लो हुनबाट रोकेर कोलेस्ट्रोल घटाउँछ । दहीमा विद्यमान असल ब्याक्टेरियाले शरीरमा भएका अनेकौं हानिकारक सूक्ष्म कोषिकासँग लडेर शरीरको…

Read More

काठमाण्डौं ।  हाम्रो पात्रोले थप विशेषतासहितको नयाँ संस्करण ल्याएको छ । हाम्रो पात्रोले थप तथा परिस्कृत विशेषतासहितको नयाँ संस्करण ल्याएको हो । हाम्रो पात्रोमा अब कुनै पनि समाचारको सम्बन्धित समाचार सजिलै पढ्न सकिनेछ । यस्तै हाम्रो पात्रो मार्फत अब उत्कृष्ट वा कमजोर दुवै इन्टरनेट सुविधामा तस्बिर खुल्नेछ । प्रयोगकर्ताको चाहना र आवश्यकता अनुसार नियमित तथा नयाँ संस्करणमा विशेषता थप गरिएको हाम्रो पात्रोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले बताए । हाम्रो पात्रोमा अब नेपा सम्वतसहितको पूर्ण पञ्चाङ्ग हुनेछ । यसमा सूर्योदय, सूर्यास्त, चन्द्रोदय, चन्द्र अस्तको जानकारी पनि हुनेछ । यस्तै तरकारी बजार अन्तर्गत विभिन्न मौसमी तरकारीको थोक तथा खुद्रा…

Read More

काठमाण्डौं ।  असार १५ को दिन किसान खेतमा हिलो खेल्दै धान रोप्न ब्यस्त छन् । मानो रोपेर मुरी फलाउने दिनका रुपमा चिनिएको असार १५ मा सरकारले पनि विभिन्न कार्र्यक्रम गर्दै आएको छ । यस अवसरमा मन्त्री र कर्र्मचारी पनि धान रोप्न हिलोमा पस्छन् । बानी नपरेका र खानदानी परिवारमा जन्मेकाहरु पनि असार १५ मा घिन मानेरै भएपनि हिलोमा पस्छन् । तर कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरलेले भने हलभित्रको गमलामा धान रोप्नुभएको छ । हिलोमा जान अल्छी मानेर उहाँले गमलामा धान रोप्नुभएको होइन, बरु असार १५ को अवसर पारेर हलभित्र गरिएको कार्यक्रम उहाँले धान रोपेर उद्घाटन गर्नुभएको हो । नेपाल कृषी…

Read More

काठमाण्डौं ।  भूकम्प पीडितलाई घर बनाउन अनुदान बापतको रकम दिनेबारे दलहरुबीच सहमति भएको छ । बिहान संसद भवन नयाँ बानेश्वरमा बसेको सत्ता पक्ष र प्रतिपक्षी दल कांग्रेस सम्मिलित कार्यदलमा सहमति भएको हो । बैठकमा दातृ निकाय विश्व बैंकसँग परामर्श गरेर भूकम्प पीडितलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ र दोस्रो किस्तामा ५० हजार रुपैयाँ दिने सहमति भएको हो । यसका लागि  विश्व बैंकसँग परामर्श गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशिका परिमार्जन गरिने नेताहरुले बताएका छन् । दलहरुबीच सहमति भएसँगै लगातार अबरुद्ध हुँदै आएको संसद बैठक आज सञ्चालन हुने भएको छ । संस्द बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा आज प्रधानमन्त्री…

Read More

काठमाण्डौं ।  आजकल फेसबुकमा साथीहरूको टाइमलाइनमा गोपनीयता सम्बन्धी अनौठो खाले सन्देश देखिरहनुभएको छ भने नआत्तिनुस् । यो अफवाह मात्र हो । निजी पोस्ट पनि सार्वजनिक रूपमा देखिने अनि च्याटमा पठाइएका गोप्य जानकारी पनि आउने भनी विश्वस्त पार्न खोजिएका यस्ता सन्देशमा कुनै दम छैन । फेसबुकको गोपनीयता सम्बन्धी भ्रामक सूचना यसअघि पनि आउने गरेको थियो । सन् २०१२, २०१४ र २०१५ मा पनि हुबहु यस्तै सन्देश आउनेगरेका थिए । यस्तो सन्देशको भ्रममा नपर्न सामाजिक सञ्जालविज्ञहरूले सचेत गराएका छन् ।

Read More

काठमाण्डौं ।  बुधबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक दिउँसो २ बजेका लागि सारिएको छ । विशेष कारण भन्दै संसद बैठक सारिएको हो । अहिले कार्यदलको बैठक बसिरहेको छ । भूकम्प पीडितलाई डेढ लाख र ५० हजार रुपैयाँ गरी दुई किस्तामा अनुदान रकम दिने सहमति भएमा बुधबारको संसद बैठक चल्ने नेताहरुले बताएका छन् । एकमुष्ट रुपमा दुई लाख रुपैंया दिनुपर्ने माग गर्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएपछि दलहरु सहमतिको लागि केही दिनदेखि छलफलमा छन् । मंगलबारको छलफलमा पीडितलाई पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार रुपैयाँ दिन कांग्रेस पनि सहमत भएको हो । तर यसमा विश्व बैंकले…

Read More

विराटनगर । मंगलबार दिउँसो मोरङको मोतीपुरस्थित स्वास्थ्य चौकी पुग्दा एक जना महिला कर्मचारी कार्यालयमै सुतिरहेकी थिइन्। उत्तरतर्फ सिरानी लगाएर बेन्चमा पल्टिएकी उनी घुर्दै थिइन्। स्वास्थ्य चौकीमा को आयो र गयो भन्ने हेक्का उनलाई थिएन। अन्नपूर्ण पोस्टमा समाचार छ। चौकीको मुख्य द्वारछेउमा बेन्च राखिएको थियो। मास्तिर सिलिङ पंखा घुमिरहेको थियो। उनी भने सलले अनुहार छोपेर मस्त निदाएकी थिइन्। बिरामी जाँच गर्ने, कार्यालय प्रमुख बस्ने र बिरामीलाई परामर्श दिने कोठाा खाली देखिन्थ्यो। स्वास्थ्य चौकीका तीनवटामध्ये एउटामा चिकित्सक बस्छन्। अर्कोमा बिरामी जाँच हुन्छ। एउटामा चाहिँ बिरामीसँग परामर्श गरिन्छ। कोठाामा पंखा घुमिरहेका थिए। टेबुलमा मुख खुलेका औषधिका बट्टा देखिन्थ्ये। बिरामी जाँच गर्ने कोठाामा औषधि…

Read More

काठमाण्डौ । नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ। नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया अघि बढाएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। त्यसरी खरिद गर्न विभिन्न कम्पनीका पाँच स्थानीय एजेन्टलाई १५ करोड ४४ लाख पेस्की दिइसकेको छ। प्रहरीले इलेक्ट्रोनिक सामान र जुत्ता खरिदका लागि यो रकम भुक्तानी दिएको हो। एउटै एजेन्टलाई सात करोड ८९ लाखसम्म पेस्की दिइएको छ। मोटोरोला प्याकेज खरिदका लागि प्रहरीले ग्रेहर्ड इलेक्ट्रोनिक्सलाई सात करोड ८९ लाख पेस्की दिएको हो। प्रहरीले हाएटेरा सेट खरिदका लागि प्लाटिनम इन्टरप्राइजेजलाई एक करोड ९३ लाख, डिजिटल फरेन्सिक ल्याबको…

Read More