काठमाण्डौं । भूकम्प पीडितलाई घर बनाउन अनुदान बापतको रकम दिनेबारे दलहरुबीच सहमति भएको छ । बिहान संसद भवन नयाँ बानेश्वरमा बसेको सत्ता पक्ष र प्रतिपक्षी दल कांग्रेस सम्मिलित कार्यदलमा सहमति भएको हो ।
बैठकमा दातृ निकाय विश्व बैंकसँग परामर्श गरेर भूकम्प पीडितलाई पहिलो किस्तामा डेढ लाख रुपैयाँ र दोस्रो किस्तामा ५० हजार रुपैयाँ दिने सहमति भएको हो । यसका लागि विश्व बैंकसँग परामर्श गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशिका परिमार्जन गरिने नेताहरुले बताएका छन् ।
दलहरुबीच सहमति भएसँगै लगातार अबरुद्ध हुँदै आएको संसद बैठक आज सञ्चालन हुने भएको छ । संस्द बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुबीच भएको सहमति र भूकम्प पीडितलाई अनुदान दिनेबारे जानकारी गराउनुहुनेछ ।
Facebook Comments Box