काठमाण्डौं । हाम्रो पात्रोले थप विशेषतासहितको नयाँ संस्करण ल्याएको छ । हाम्रो पात्रोले थप तथा परिस्कृत विशेषतासहितको नयाँ संस्करण ल्याएको हो । हाम्रो पात्रोमा अब कुनै पनि समाचारको सम्बन्धित समाचार सजिलै पढ्न सकिनेछ ।
यस्तै हाम्रो पात्रो मार्फत अब उत्कृष्ट वा कमजोर दुवै इन्टरनेट सुविधामा तस्बिर खुल्नेछ । प्रयोगकर्ताको चाहना र आवश्यकता अनुसार नियमित तथा नयाँ संस्करणमा विशेषता थप गरिएको हाम्रो पात्रोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले बताए ।
हाम्रो पात्रोमा अब नेपा सम्वतसहितको पूर्ण पञ्चाङ्ग हुनेछ । यसमा सूर्योदय, सूर्यास्त, चन्द्रोदय, चन्द्र अस्तको जानकारी पनि हुनेछ । यस्तै तरकारी बजार अन्तर्गत विभिन्न मौसमी तरकारीको थोक तथा खुद्रा मूल्य पनि हाम्रो पात्रोबाटै थाहा पाउन सकिने छ । यस्तै लोडसेडिङ विजेट अपडेटपनि हुने भएको छ ।
Facebook Comments Box