काठमाण्डौं । बुधबार बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक दिउँसो २ बजेका लागि सारिएको छ । विशेष कारण भन्दै संसद बैठक सारिएको हो । अहिले कार्यदलको बैठक बसिरहेको छ ।
भूकम्प पीडितलाई डेढ लाख र ५० हजार रुपैयाँ गरी दुई किस्तामा अनुदान रकम दिने सहमति भएमा बुधबारको संसद बैठक चल्ने नेताहरुले बताएका छन् ।
एकमुष्ट रुपमा दुई लाख रुपैंया दिनुपर्ने माग गर्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएपछि दलहरु सहमतिको लागि केही दिनदेखि छलफलमा छन् ।
मंगलबारको छलफलमा पीडितलाई पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार रुपैयाँ दिन कांग्रेस पनि सहमत भएको हो । तर यसमा विश्व बैंकले स्वीकृति दिनुपर्ने हुन्छ ।
Facebook Comments Box