काठमाण्डौं । आजकल फेसबुकमा साथीहरूको टाइमलाइनमा गोपनीयता सम्बन्धी अनौठो खाले सन्देश देखिरहनुभएको छ भने नआत्तिनुस् । यो अफवाह मात्र हो ।
निजी पोस्ट पनि सार्वजनिक रूपमा देखिने अनि च्याटमा पठाइएका गोप्य जानकारी पनि आउने भनी विश्वस्त पार्न खोजिएका यस्ता सन्देशमा कुनै दम छैन ।
फेसबुकको गोपनीयता सम्बन्धी भ्रामक सूचना यसअघि पनि आउने गरेको थियो । सन् २०१२, २०१४ र २०१५ मा पनि हुबहु यस्तै सन्देश आउनेगरेका थिए ।
यस्तो सन्देशको भ्रममा नपर्न सामाजिक सञ्जालविज्ञहरूले सचेत गराएका छन् ।
Facebook Comments Box