Author: admin
स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज देशभर निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ । निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध…
झापा । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसकै नेता कृष्णप्रसाद सिटौला, नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाकै विभिन्न मतदान केन्द्रहरूबाट मतदान गर्दैछन्। नेपाली कांग्रेसका महामन्त्री शर्माले मेचीनगरको एउटा केन्द्रबाट मतदान गर्नेछन्। मेचीनगरको खुट्टीडाँगीमा रहेको कविशिरोमणि माध्यमिक विद्यालयमा उनले मतदान गर्ने नेपाली कांग्रेस झापाले जनाएको छ। नेपाली कांग्रेसकै अर्का नेता कृष्णप्रसाद सिटौलाले भद्रपुरमा रहेको कलबलगुडी प्रशिक्षणमा रहेको मतदान केन्द्रमा मतदान गर्ने जनाइएको छ। त्यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री अग्नि खरेलले झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्दैछन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दीबारी…
झापा । राप्रपासहितको सत्ता गठबन्धनका तर्फबाट झापाको दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार अस्वस्थ भएर अस्पताल भर्ना भएका राप्रपाका नेता राम थापा अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। राप्रपा नेता थापा बिहीबार साँझ उनको घर दमक आउने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। उनले भने, ‘अहिले नै शल्यक्रिया गर्नु नपर्ने परिस्थिति रहेपछि उहाँ आज डिस्चार्ज भएर घर आउँदै हुनुहुन्छ।’ उनी अकास्मात अस्वस्थ भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। उनी बिहीबारदेखि प्रतिष्ठानमा उपचाररत थिए। राप्रपाका पुराना नेता थापालाई विगतदेखि नै मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए। उनले भने, ‘चुनाव प्रचारका…
झापा । शुक्रबार हुने स्थानीय तहको मतदानका लागि मतदानस्थल बनाउने काम सम्पन्न भएको छ। मतदान केन्द्रमा खटिएका कर्मचारीले कामदार लगाएर मतदानस्थल बनाउने काम गराएका हुन्। उनीहरूले मतदान केन्द्रमा पुरुष र महिलाका लागि लामबद्ध रहेन छुट्टाछुट्दै स्थान बनाएका हुन्। मतदानस्थल, मतपेटिका तथा मतपत्रको सुरक्षाका लागि नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी पनि खटिएका छन्। शुक्रबार हुने मतदानका दिन तथा त्यसपछि मतपत्र र मतपेटिकाको सुरक्षाका लागि मतदानस्थलमा खटिएका कर्मचारी तथा सरक्षा निकायबीच छलफल गरि सुरक्षा प्रवन्ध मिलाइएको मतदान अधिकृतहरूले बताएका छन्। उनीहरूले दिनहुँ बर्षा भइरहेकाले बर्षाका कारण मतपत्र तथा मतपेटिकामा कुनै क्षति नहोस् भन्नका लागि मतपत्र तथा मतपेटिकाको सुरक्षाका लागि नेपाली प्रहरी खटिने बताए। झापाको…
काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्न दलका नेताहरु यतिबेला जिल्ला जिल्ला जाँदैछन्। केही नेता पुगिसकेका छन् भने केही नेताहरु जाने क्रममा छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट मत खसाल्दै छन् । उनी मत हाल्न डडेलधुरा पुगिसकेका छन् । उनको मतदान केन्द्र गन्यापधुरा गाउँपालिकाको भुवनेश्वर माध्यामिक विद्यालय पश्या चम्साल रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरबाट मतदान गर्ने भएका छन् । यसअघिको स्थानीय तह निर्वाचनमा पनि ओलीले भक्तपुरबाटै मतदान गरेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान गर्न चितवन पुगेका छन् । उनले भरतपुर १४ स्थित शान्तिपुर माडीबाट मतदान गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष गणेश…
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका वार्ड नं १ को बर्खेमा बम बिस्फोट भएको केही घण्टा बित्न नपाउँदै अर्को एउटा शंकास्पद बस्तु फेला परेको छ। गए राति १२ बजे सोही स्थानमा कुकर बम बिसफोट भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष देवी आचार्यले जानकारी दिए। उक्त बिस्फोट भएको केही घण्टा बित्न नपाउँदै पुनः अर्को शंकास्पद बस्तु फेला परेको उनले बताए। टाँढी माबि सिनेटार मतदान केन्द्र भन्दा करिब १२ किलोमिटर टाढा रहेको दुर्गम गाउँमा बम बिस्फोट भएको र अर्को शंकास्पद बस्तु फेला आचार्यले बताए। अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली गएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए। साँच्चैको बम हो वा नक्कली…
काठमाडौं । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत मोदीको एक दिने लुम्बिनी भ्रमणको तालिका सार्वजनिक गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी जेठ २ गते बुद्ध जयन्तीका अवसरमा नेपालको औपचारिक भ्रमणमा आउन लागेको मन्त्रालयले जनाएको छ। लुम्बिनी आइसकेपछि मोदीले नेपालका प्रधानमन्त्री देउवासँग मायादेवी मन्दिरमा प्रार्थनामा भाग लिने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माणको लागि शिलान्यास गर्ने र पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलमा हुने बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा मोदीसँग परराष्ट्रमन्त्री डा. नारायण खड़काले शिष्टाचार भेट गर्नेछन्। भ्रमणका क्रममा लुम्बिनीमै दुबै प्रधानमन्त्रीबीच नेपाल-भारत सहयोग…
काठमाडौं। लाक्पा शेर्पा १० औं पटक सगरमाथाको चुचुरोमा पुगेकी छन्। संखुवासभाकी ४८ वर्षीया लाक्पाले आज बिहान साढे ६ बजे १० औँ पटक सगरमाथाको सफल आरोहण गरेकी हुन्। उनले चार वर्षअघि तिब्बततर्फको उत्तरी मोहोडाबाट नवौं पटक सगरमाथा आरोहण गरेकी थिइन्। आज बिहान साढे ६ बजे उनले सगरमाथाको दशौँपटक आरोहण गरेकी सेभेन समिट एडभेन्चर प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए। लाक्पासँगै चारजना शेर्पा र एक अमेरिकी आरोही पनि आज बिहान सगरमाथामा पुगेका शेर्पाले बताए। यो आरोहणसँगै शेर्पा विश्वमै सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने महिला बनेकी छन्। पुर्खेउली घर संखुवासभा भएपनि उनी अमेरिकाको कनेक्टिकटमा बस्दै आएकी छन्। तीन सन्तानकी आमा लाक्पाले २६ वर्षको…
काठमाडौं। मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई स्पष्टीकरण सोधेको छ। गुरुङले मौन अवधिको समयमा आफ्नो सामाजिक सञ्जालबाट उम्मेदवारको पक्षमा पोष्ट गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। आयोगले गुरुङलाई सोधेको प्रश्नमा भनिएको छ, ‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलङ्घन भएकाले किन कारबाही गर्नु नपर्ने हो?’ भन्दै स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ (घ) बमोजिम मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा…
काठमाडौं । निर्वाचन आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । वैशाख २६ गते डोटीको जोरायल गाउँपालिका पुगेर मन्त्री आलेले तडकभडकपूर्ण तरिकाले मतदाता भड्काउन भ्रामक भाषण गरेको, भोजभतेर गरेको, पैसा बाँडेको, अध्यक्षका उमेदवारको चरित्रहत्या हुने भिडियो सार्वजनिकस्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दएको उजुरी परेको आयोगले जनाएको छ ।