Author: admin

झापा । झापाको धुलाबारी बजारमा भीषण आगलागी भएको छ। धुलाबारी बजारमा रहेको एक पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। तर पसलबारे बिस्तृत जानकारी आइनसकेको झापाका प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए। अहिले मेचीनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागी नियन्त्रणमा स्थानीयबासी पनि खटिएका छन्। प्रहरीका अनुसार आगो अन्यत्र फैलिन जोखिम कम भएको छ।

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी समिति सदस्यहरूको बैठक सुरु भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा केहीबेर अघिबाट सुरु भएको स्थानीय निर्वाचन, बजेट लगायत समसामयिक विषयमा छलफल भइरहेको छ। बैठकमा बजेट कार्यान्वयन, आगामी निर्वाचनको पूर्वतयारी लगायतका विषयमा पनि छलफल भइरहेको बताइएको छ । यसअघि पार्टी कार्यालय पेरिस डाँडामा हुने भनिएको थियो ।

Read More

काठमाडौं । रुपन्देहीको भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परि २३ जना घाइते भएका छन्। जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खस्दा ३२ जना घाइते भएका थिए। गम्भीर घाइतेमध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भीम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खसेर घाइते भएकाहरूको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए। बिहानको समयमा चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनबारे पुनः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका छन् । बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो ।  मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको ‘सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन् । उहाँले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रतिबद्धता पुरा गर्ने समेत वचन दिनुभयो । जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीको अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने भएकाले तत्काल फोहोर व्यवस्थापन गर्नका लागि मन्त्रालयले समन्वय गर्ने उनले बताइन्। काठमाडौंको फोहोर…

Read More

काठमाडौं । नेकपा (एमाले)को अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारवाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नपुर्‍याउने बताए।  सामाजिक सञ्जालमा उनी लेख्छन् -‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्‍याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’

Read More

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीको सिफारिस गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए । पार्टी हितविपरीत काम गरेकाले भूसाललाई कारबाही सिफारिस गरिएको बडालले बताए। स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत् अध्यक्ष ओलीको आलोचना गरेका थिए। उनीमाथि के कारबाही हुन्छ भन्नेबारे केही खुलाइएको छैन।

Read More

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले जसरी पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने दाबी गरेका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। सरकारले कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइ छाड्ने दाबीसमेत उनले गरे। ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा बन्छ। यसै वर्ष यसको निर्माण सुरु हुन्छ। यो अर्थमन्त्री जर्नादन शर्माको प्रतिबद्धता हो, शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो’, उनले भने। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबन्दा वीरगञ्जलाई मात्र नभई सम्पूर्ण देशलाई घाटा हुने उनले बताए।

Read More

काठमाडौं । राजधानीको जोरपाटीमा छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा वार्डेन पक्राउ परेका छन् । जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेएन रामजी बस्नेत यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् ।   १५, १२ र १३ वर्षका छात्राले आफूमाथि बस्नेतबाट यौन दुर्व्यवहार भएको अभिभावकलाई सुनाएपछि स्कुलमा खबर गरेका छन् । अभिभावकले प्रधानाध्यापकलाई यसबारे जानकारी गराएपछि विद्यालयले प्रहरीमा खबर गरेको थियो । लगत्तै प्रहरीले उनलाई शनिबार रामेछापबाट पक्राउ गरेको हो । रामछाप घर भएका उनलाई काठमाडौं ल्याइँदै गरेको प्रहरी बृत्त बौद्धले जनाएको छ । 

Read More

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ। काठमाडौँको तीनकुनेस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक सुरु भएको हो। बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने बताइएको छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरु सहभागी छन्।

Read More

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । आज विहान खुमलटारस्थित दाहालको निवासमा पुगेर मेयर साहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । भेटमा दाहालले साहलाई बधाई दिँदै आफ्नो र पार्टीको पूर्ण साथ रहने बताएका छन्। दुवैबीचको भेटबारे अन्य विषय बाहिरिसकेको छैन।

Read More