काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले जसरी पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने दाबी गरेका छन्।
वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
सरकारले कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइ छाड्ने दाबीसमेत उनले गरे।
‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा बन्छ। यसै वर्ष यसको निर्माण सुरु हुन्छ। यो अर्थमन्त्री जर्नादन शर्माको प्रतिबद्धता हो, शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो’, उनले भने।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबन्दा वीरगञ्जलाई मात्र नभई सम्पूर्ण देशलाई घाटा हुने उनले बताए।
Facebook Comments Box