काठमाडौं । राजधानीको जोरपाटीमा छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा वार्डेन पक्राउ परेका छन् ।
जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेएन रामजी बस्नेत यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् ।
१५, १२ र १३ वर्षका छात्राले आफूमाथि बस्नेतबाट यौन दुर्व्यवहार भएको अभिभावकलाई सुनाएपछि स्कुलमा खबर गरेका छन् ।
अभिभावकले प्रधानाध्यापकलाई यसबारे जानकारी गराएपछि विद्यालयले प्रहरीमा खबर गरेको थियो । लगत्तै प्रहरीले उनलाई शनिबार रामेछापबाट पक्राउ गरेको हो ।
रामछाप घर भएका उनलाई काठमाडौं ल्याइँदै गरेको प्रहरी बृत्त बौद्धले जनाएको छ ।
Facebook Comments Box