Author: admin
झापा । झापाको कनकाई नगरपालिकाको ताजा मत परिणाम अनुसार मेयर पदमा नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर राजेन्द्र पोखरेलले मतान्तर फराकिलो बनाएका छन्। ताजा मत परिणाम अनुसार पोखरेलले ६६११ मत ल्याएका छन्। उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका रुद्र चिमरियाले ४९५३ मत ल्याएका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ४७०२ मत पाएका छन्। थापा मतगणनाको सुरुवाती क्रममा अग्र स्थानमा थिए। अहिले उनी तेस्रो स्थानमा झरेका छन्। उपमेयरतर्फ नेपाली कांग्रेसकी उम्मेदवार आशा शर्माले ८०८७ मत पाएर अग्रस्थानमा छिन्। नेकपा एमालेकी उम्मेदवार मञ्जु प्रसाईंले ६८०७ मत पाएकी छिन् भने राप्रपाकी उम्मेदवार सचित्रा खनाल चुँडालले १३७८ मत पाएकी छिन्।
झापा – भद्रपुर नगरपालिकाको पछिल्लो मतपरिणामा अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गणेश पोखरेलले अग्रता कायम राखेका छन्। उनले अहिलेसम्म ६५४१ मत पाएका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमाले असारु राजवंशीले ४५३४ मत पाएका छन्। त्यस्तै राप्रपाका उम्मेदवार राजु पनेरुले ४०५१ मत पाएका छन्। उपमेयरतर्फ नेकपा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले ५३४६ मत पाएर अग्रस्थानमा छन्। उनका निकटतम प्रतिष्पर्धी राधा कार्कीले ५००१ मत पाएकी छिन्। नेकपा एमालेकी कौशिल्या अधिकारीले ३९१८ मत पाएकी छिन्।
विर्तामोड। झापाको हल्दिवारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रविन्द्र लिङ्देनले अग्रता बढाएका छन्। वडा नं १ र २ को गणना सकिँदा लिङ्देनले ३५२५ मत पाएका छन् । उनलाई एमालेका डम्बर गिरीले पछ्याइरहेका छन्। गिरीले अहिलेसम्म २३३४ मत पाएका छन्। अन्य मतपरिणाम जस्ताको तस्तै:१ र २ गनिसक्दाअध्यक्षएमाले : २३३४कांग्रेस : १५८२राप्रपा : ३५२५माओवादी : ८७५उपाध्यक्षएमाले : २३११राप्रपा : २६०३मुडा : १५७७माओवादी : ११९२ वडा नं १ राप्रपाले वडा अध्यक्षसहित प्यानलै जितेको छ । वडा २ मा भने वडाध्यक्षसहित महिला सदस्य ,दलित सदस्य र खुल्ला सदस्य-१ माओवादी ले जितेको छ । यस्तै खुल्ला सदस्य-२ नेकपा एमाले ले जितेको छ ।
झापा । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फ माओवादीतर्फ केन्द्रका उम्मेदवार बिजयप्रकाश वनेम बिजयी भएका छन् । २ हजार ६ सय ९ मत प्राप्त गर्दै उनी बिजयी भएका हुन् । एमाले किल्ला भनिँदै आएको मैवाखोलामा यसपटक गठबन्धनले किल्ला भत्काएको छ । वनेमले निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहेका राजनकुमार थक्लुङलाई पराजित गरेका हुन् । थक्लुङले २ हजार ५२ मत ल्याए । उपाध्यक्षमा गठबन्धनतर्फ नेपाली काँग्रेसकी कमलकुमारी लिम्बू(असली) निर्वाचित भएकी छिन् । उनले २ हजार ५ सय ४१ मत प्राप्त गरिन् । कमलकुमारीले निवर्तमान उपाध्यक्ष कौशिला थत्लुङलाई हराएर बिजयी भएकी हुन्। थक्लुङले २ हजार १ सय १ मत पाए । ६ वटा वडा रहेको…
झापा – हल्दीबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्रप्रसाद लिङदेन १२०० मतले अग्रस्थानमा छन् । पछिल्लो मत गणनाको परिणाम अनुसार गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका लिङदेनले ३२९० मत ल्याएका छन्। उनलाई एमालेका डम्बर बहादुर गिरी पच्छ्याइरहेका छन् । गिरीले २०९७ मत ल्याएका छन्। गिरी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् । अध्यक्षमा उम्मेदवारी दिएका काँग्रेसका तुलसीप्रसाद ओली १२५० र माओवादीका भवानीप्रसाद दंगाल ६८४ मत ल्याएका छन् । गाउँपालिका उपाध्यक्ष पदमा पनि राप्रपाका उम्मेदवार अगाडि छन् । उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनालीले २५०७ मत ल्याएकी छिन् । उनलाई एमालेकी शान्तादेवी गौतमले २०९६ मत ल्याई पच्छ्याइरहेकी छिन् । त्यस्तै उपाध्यक्षमै माओवादीकी टिकादेवी राउत ९२२ मत ल्याएकी छिन्।
काठमाडौं । भक्तपुर नगरपालिकामा अन्तिम नतिजा आएको छ । नगरप्रमुख, उपप्रमुखलगायत र सबै वडाहरूमा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ । प्रमुखमा सुनील प्रजापति र उपमेयरमा रजनी जोशी पुन: निर्वाचित भएका हुन् । प्रजापतिले २९ हजार २ सय प्राप्त गरेका छन् । कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ मत प्राप्त गरे । यसैगरी, उपप्रमुखमा जोशीले २९ हजार ६९५ मत पाएकी छिन् । एमालेकी रञ्जना खर्बुजाले २ हजार ७२४ प्राप्त गरिन् । भक्तपुरको १० वटै वडाहरू नेमकिपाले जितको छ ।
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा मेयर पदका राप्रपाका उम्मेदवार राम थापाले अग्रता कायमै राखेका छन् । थापाले ५ हजार ९१ मत ल्याउँदा एमालेकी गिता अधिकारीले ४ हजार ४ सय ९५ मत पाएकी छन् । उपप्रमुखतर्फ कांग्रेसकी रेगिना भट्टराईले पनि अग्रता कायमै राखेकी छन् । रेगिनाले ४ हजार ९ सय ४३ मत ल्याएकी छन् भने एमालेका अम्बिका खनालले ४ हजार ३ सय ४४ मत ल्याएका छन् । दमकमा राप्रपालाई गठबन्धनले सहयोग गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साेमबार बिहान लुम्बिनी आइपुगेका छन्। मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्मित हेलिप्याडमा स्वागत गरेका छन्। प्रधानमन्त्री देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आएका हुन्। उनको यो औपचारिक भ्रमण हो। प्रधानमन्त्रीको हैसियतमा मोदीको यो पाँचौ नेपाल यात्रा हो। मोदी ६ घण्टा लुम्बिनीमा रहनेछन्। मोदीले केही बेरमा प्रधानमन्त्री देउवासँगै विशेष पूजाआजा गर्ने कार्यक्रम छ। त्यसपछि दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा बन्ने बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास गर्नेछन्।
झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गरेका छन्।राप्रप्राका गिरिराज दङ्गालले भने ७५१ मत प्राप्त गरेका छन्। वाग्ले बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तथा पूर्वेली साप्ताहिकका सम्पादकसमेत रहेका थिए । अध्यक्षमा वाग्लेसँगै सदस्यमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा बिश्वकर्मा र सदस्यमा मोहन कुमार राई र लक्ष्मीप्रसाद कडेल बिजयी भएका हुन् ।
झापा । कचनकवल गाउँपालिका ३ मा पनि नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । राप्रपाका उम्मेदवार विजयकुमार राजवंशीलाई ५४४ मतान्तरले हराउँदै काँग्रेसका ग्यास आजमल मिया वडाध्यक्षमा विजयी भएका हुन् । मियाले १३७५ र राजवंशी ८३१ मत ल्याएका छन् । राजवंशी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन् । त्यस्तै वडा सदस्यहरूमा काँग्रेसबाटै मेघलाल राजवंशी, सूर्यनारायण राजवंशी, विष्णुमाया अधिकारी र शोभा सुनदास विजयी भएका छन् । यसअघि काँग्रेसले कचनकवल १ मा प्यानल नै जितिसकेको छ ।