विर्तामोड। झापाको हल्दिवारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रविन्द्र लिङ्देनले अग्रता बढाएका छन्।
वडा नं १ र २ को गणना सकिँदा लिङ्देनले ३५२५ मत पाएका छन् । उनलाई एमालेका डम्बर गिरीले पछ्याइरहेका छन्। गिरीले अहिलेसम्म २३३४ मत पाएका छन्।
अन्य मतपरिणाम जस्ताको तस्तै:
१ र २ गनिसक्दा
अध्यक्ष
एमाले : २३३४
कांग्रेस : १५८२
राप्रपा : ३५२५
माओवादी : ८७५
उपाध्यक्ष
एमाले : २३११
राप्रपा : २६०३
मुडा : १५७७
माओवादी : ११९२
वडा नं १ राप्रपाले वडा अध्यक्षसहित प्यानलै जितेको छ । वडा २ मा भने वडाध्यक्षसहित महिला सदस्य ,दलित सदस्य र खुल्ला सदस्य-१ माओवादी ले जितेको छ । यस्तै खुल्ला सदस्य-२ नेकपा एमाले ले जितेको छ ।
Facebook Comments Box