झापा – भद्रपुर नगरपालिकाको पछिल्लो मतपरिणामा अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गणेश पोखरेलले अग्रता कायम राखेका छन्।
उनले अहिलेसम्म ६५४१ मत पाएका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमाले असारु राजवंशीले ४५३४ मत पाएका छन्।
त्यस्तै राप्रपाका उम्मेदवार राजु पनेरुले ४०५१ मत पाएका छन्।
उपमेयरतर्फ नेकपा माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले ५३४६ मत पाएर अग्रस्थानमा छन्। उनका निकटतम प्रतिष्पर्धी राधा कार्कीले ५००१ मत पाएकी छिन्। नेकपा एमालेकी कौशिल्या अधिकारीले ३९१८ मत पाएकी छिन्।
Facebook Comments Box