भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साेमबार बिहान लुम्बिनी आइपुगेका छन्।
मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्मित हेलिप्याडमा स्वागत गरेका छन्।
प्रधानमन्त्री देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आएका हुन्। उनको यो औपचारिक भ्रमण हो।
प्रधानमन्त्रीको हैसियतमा मोदीको यो पाँचौ नेपाल यात्रा हो। मोदी ६ घण्टा लुम्बिनीमा रहनेछन्।
मोदीले केही बेरमा प्रधानमन्त्री देउवासँगै विशेष पूजाआजा गर्ने कार्यक्रम छ। त्यसपछि दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा बन्ने बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास गर्नेछन्।
Facebook Comments Box