झापा – हल्दीबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्रप्रसाद लिङदेन १२०० मतले अग्रस्थानमा छन् ।
पछिल्लो मत गणनाको परिणाम अनुसार गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका लिङदेनले ३२९० मत ल्याएका छन्। उनलाई एमालेका डम्बर बहादुर गिरी पच्छ्याइरहेका छन् । गिरीले २०९७ मत ल्याएका छन्। गिरी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् ।
अध्यक्षमा उम्मेदवारी दिएका काँग्रेसका तुलसीप्रसाद ओली १२५० र माओवादीका भवानीप्रसाद दंगाल ६८४ मत ल्याएका छन् ।
गाउँपालिका उपाध्यक्ष पदमा पनि राप्रपाका उम्मेदवार अगाडि छन् । उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनालीले २५०७ मत ल्याएकी छिन् । उनलाई एमालेकी शान्तादेवी गौतमले २०९६ मत ल्याई पच्छ्याइरहेकी छिन् । त्यस्तै उपाध्यक्षमै माओवादीकी टिकादेवी राउत ९२२ मत ल्याएकी छिन्।
Facebook Comments Box