झापा । कचनकवल गाउँपालिका ३ मा पनि नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ ।
राप्रपाका उम्मेदवार विजयकुमार राजवंशीलाई ५४४ मतान्तरले हराउँदै काँग्रेसका ग्यास आजमल मिया वडाध्यक्षमा विजयी भएका हुन् । मियाले १३७५ र राजवंशी ८३१ मत ल्याएका छन् ।
राजवंशी सोही वडाका निवर्तमान वडा अध्यक्ष हुन् । त्यस्तै वडा सदस्यहरूमा काँग्रेसबाटै मेघलाल राजवंशी, सूर्यनारायण राजवंशी, विष्णुमाया अधिकारी र शोभा सुनदास विजयी भएका छन् ।
यसअघि काँग्रेसले कचनकवल १ मा प्यानल नै जितिसकेको छ ।
Facebook Comments Box