Author: admin

काठमाडौं । आज साउन १ गतेबाट काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिनमा सङ्कलन गर्ने भएको छ। महानगरले हिजो सूचना जारी गर्दै आइतबार र बुधबार कुहिने साथै सोमबार र शुक्रबार नकुहिने फोहोर सङ्कलन गर्ने बताएको छ। हिजो मात्रै महानगरका मेयर बालेन्द्र शाहले घरदैलो सचेतना कार्यक्रम आयोजना गरेर फोहोरलाई घरैबाट छुट्याउन आग्रह गरेका थिए। अब वर्गीकरण नगरिएका फोहर, फोहर बोक्ने गाडीसम्म ल्याएमा पुनः घरमा नै फर्काइने छ। यस्तै प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ)अनुसार कसूर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गराउने महानगरले जनाएको छ। यस्तै महानगरले प्लाष्टिकको झोलाको…

Read More

काठमाडौंं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।  मोदीसँगको भेटमा प्रचण्डले दुई देशबीचको आपसी सम्बन्धमा विषयमा कुराकानी गर्ने बताइएको छ। प्रचण्डको सचिवालयका अनुसार आज बिहान मोदीसँग ब्रेकफास्टसहित भेटवार्ताको तयारी छ। त्यसपछि प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रममा छ।  भाजपा मुख्यालयमा हुने भेटवार्तामा विदेश विभाग प्रमुख विजय चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी हुनेछन्। भ्रमणको दोस्रो दिन हिजो प्रचण्ड फाउण्डेशन फर पब्लिक अवारनेस एण्ड पोलेसीले नयाँ दिल्लीमा गरेको कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका…

Read More

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने बताए। त्यस अवसरमा उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पारे । अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यमबाट…

Read More

काठमाडौं। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटिभी फुटेजको अध्ययन सुरु गरेको बताएको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मुल गेटदेखिका सीसीटिभीका गतिविधिमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताए। उनले आज नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखसँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताए। सचिव अर्यालले आज प्राविधिक विषय सीसीटिभीको बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमा भित्र नै टुंगोमा पुर्याउने गरी अघि बढेको बताए।

Read More

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। शुक्रबार भारत भ्रमणमा गएका दाहालले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग भेट गरेका थिए । दाहालले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने तालिका छ।

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन् । शनिवार भारत नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासको कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमणमा आएको बताए। उनले करिव तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहोर्याए । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरुसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने प्रचण्डले स्पष्ट पारे ।

Read More

झापा । बैङ्किङ कसुर मुद्दामा कैद सजाय सुनाइएका झापा बिर्तामोडका टेकनाथ ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ । उनी यस अघि फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका- ६ का ४७ वर्षीय ढुङ्गानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसला बमोजिम बैङ्किङ कसुर मुद्दामा उनलाई १ महिना कैद र २८ लाख२२ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।   शनिबार बिहान प्रधानमन्त्री देउवालाई सात बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभागको सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गरि छानबिन गर्न माग गरेको छ। वाईसीएलले आर्थिक संकट र विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने वाईसीएलको माग छ। किसानलाई समयमै मल, बिउको…

Read More

काठमाडौं । जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरूसंग छलफल गर्ने भएको छ। दिउँसो १२ बजे सिंहदरवारस्थित समिति सचिवालयलमा अर्थ मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको समितिका सचिव सुरेन्द्र अर्यालले देश सञ्चारलाई जानकारी दिए। समितिले अर्थसचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरू, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरूलाई बयानका लागि छुट्टाछुटै बोलाएको छ। अर्थ मन्त्रालयका अधिकारीहरूलाई तीन चरणमा समितिमा बोलाएर बयान लिने समितिले तयारी गरेको छ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । सोमबार सुरु भएको बैठक शुक्रबार प्रतिनिधिसभामा उपसभामुख निर्वाचनका कारण बस्न शनिबार बस्ने भनिएको थियो । बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ । बिहीबार सरकारका बारेमा उठेका प्रश्नमाथि मन्त्रीहरुले जवाफ दिएका थिए । कांग्रेस बैठकमा विशेषगरी चुनावी गठबन्धनका साथसाथै पार्टीको आन्तरिक जीवनको सन्दर्भमा छलफल भइरहेको छ ।

Read More