काठमाडौं । जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरूसंग छलफल गर्ने भएको छ।
दिउँसो १२ बजे सिंहदरवारस्थित समिति सचिवालयलमा अर्थ मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको समितिका सचिव सुरेन्द्र अर्यालले देश सञ्चारलाई जानकारी दिए।
समितिले अर्थसचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरू, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरूलाई बयानका लागि छुट्टाछुटै बोलाएको छ।
अर्थ मन्त्रालयका अधिकारीहरूलाई तीन चरणमा समितिमा बोलाएर बयान लिने समितिले तयारी गरेको छ।
Facebook Comments Box