काठमाडौं। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटिभी फुटेजको अध्ययन सुरु गरेको बताएको छ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मुल गेटदेखिका सीसीटिभीका गतिविधिमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो।
समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताए। उनले आज नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखसँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताए।
सचिव अर्यालले आज प्राविधिक विषय सीसीटिभीको बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमा भित्र नै टुंगोमा पुर्याउने गरी अघि बढेको बताए।
Facebook Comments Box