झापा । बैङ्किङ कसुर मुद्दामा कैद सजाय सुनाइएका झापा बिर्तामोडका टेकनाथ ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ ।
उनी यस अघि फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड नगरपालिका- ६ का ४७ वर्षीय ढुङ्गानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उच्च अदालत विराटनगर इलाम इजलासको २०७८ चैत १६ गतेको फैसला बमोजिम बैङ्किङ कसुर मुद्दामा उनलाई १ महिना कैद र २८ लाख२२ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
Facebook Comments Box