Author: admin

काठमाडाैं । मंसिर ४ गते सम्पन्न  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावकाे मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेकाे  छ ।  दाेलखा,स्याङ्जा-२ र बाजुरा बाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम मंसिर १३ गतेसम्म आइपुग्ने निर्वाचन आयाेगले जनाएकाे छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जितेकाे छ । आइतबार दिउँसोसम्म कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५३ सिट जितेकाे छ भने ३ ठाउँमा अग्रता कायम राखेकाे छ । नेकपा एमाले ४२ ठाउँमा विजयी भएको छ भने २ स्थानमा अग्रता कायमै राखेकाे । नेकपा माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७-७, जनता समाजवादी पार्टी नेपालले ६ स्थानमा जित…

Read More

इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । नेम्वाङले ३० हजार २० मत पाएर विजयी हुँदा खड्काले २९ हजार ९ सय ६ मत ल्याए । नेम्वाङ जिततर्फ उन्मुख भएपछि गठबन्धनले विवाद सुरु गरेकाे थियाे । केहीबेर राेकिएकाे मतगणना राति सवा ९ बजे फेरि सुरु भएकाे थियाे । 

Read More

राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासँग २६ सय ४२ मतको अन्तरले गृहमन्त्री खाँण पराजित भएका हुन् । रुपन्देही ३ मा बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरेका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् । गृहमन्त्री खाण पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार थिए । योसँगै प्रतिनिधि सभामा राप्रपाका तर्फबाट ७ सिट भएकोछ।

Read More

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फ २० लाख मत कटाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २० लाख ६ हजार ५८७ छ । यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसको मत १९ लाख ३९ हजार १०४ रहेको छ । माओवादी केन्द्र ८ लाख ६२ हजार ६६९ मतसहित तेस्रोमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३३ हजार ५९५ मत रहेको छ ।

Read More

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ। पछिल्लो मतपरिणामअनुसार राप्रपाले ३ लाख २७ हजार ४८३ मत ल्याएको छ। पहिलो नम्बरमा रहेको नेकपा एमालेले १३ लाख ९५ हजार ४०७ मत प्राप्त गरेको छ भने दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसले १३ लाख २७ हजार ६१३ मत प्राप्त गरेको छ। त्यस्तै तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ४१ हजार २२८ मत प्राप्त गरेको छ भने माओवादीले ५ लाख ९८ हजार ९३० मत प्राप्त गरेको छ। जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले समानुपातिक थ्रेसहोल्ड कटाउन सकेको छैन।

Read More

काठमाडौं । सिरहा–३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार दिउँसो सकिएको मतगणना अनुसार श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीे नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८८२ मत पाए । तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्र्धनदास तत्माले १ हजार २५९ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा एमालेका लीलानाथ श्रेष्ठ नै निर्वाचित भएका थिए ।

Read More

एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। गुल्मी १ बाट चुनाव लडेका उनी कांग्रेसका चन्द्र भण्डारीसँग हारेका हुन्। ज्ञवाली एक हजार ४०७ मतान्तरले पराजित भए। भण्डारीले ३२ हजार ९३२ मत ल्याउँदा ज्ञवालीले ३१ हजार ५५५ मत प्राप्त गरे।

Read More

काठमाडौं । सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा शुक्रबारदेखि १६ दिने अभियान सुरु भएको हो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । अभियानका क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र गैरसरकारी संस्थाहरूसमेतको सहभागितामा काठमाडौंको माइतिघरदेखि निकालिएको र्‍याली बिभिन्न स्थान हुँदै बसन्तपुर डवलीमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध…

Read More

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवेन्द्रराज कंडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। प्रधानले ३४ हजार ९५९ मत ल्याए। कँडेलले १९ हजार ५९४ मत मात्र पाए। यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्र कुमारी अधिकारीले १४ हजार ४९८ मत पाएका छन् ।

Read More

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभामा गठबन्धन तर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला निर्वाचित भएका छन् । कोइरालाले नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ८४ सय मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले ३५ हजार २ सय १३ मत हासिल गरेका छन् । एमालेका उम्मेदवार पण्डितले २२ हजार ९ सय २९ मत पाएका छन् । मतगणनामा डा. कोइरालाले शुरुवात देखिनै अग्रता कायम गरेका थिए ।

Read More