काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ।
पछिल्लो मतपरिणामअनुसार राप्रपाले ३ लाख २७ हजार ४८३ मत ल्याएको छ।
पहिलो नम्बरमा रहेको नेकपा एमालेले १३ लाख ९५ हजार ४०७ मत प्राप्त गरेको छ भने दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसले १३ लाख २७ हजार ६१३ मत प्राप्त गरेको छ।
त्यस्तै तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ४१ हजार २२८ मत प्राप्त गरेको छ भने माओवादीले ५ लाख ९८ हजार ९३० मत प्राप्त गरेको छ।
जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले समानुपातिक थ्रेसहोल्ड कटाउन सकेको छैन।
Facebook Comments Box