विराटनगर । मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभामा गठबन्धन तर्फ नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला निर्वाचित भएका छन् ।
कोइरालाले नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २ सय ८४ सय मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले ३५ हजार २ सय १३ मत हासिल गरेका छन् ।
एमालेका उम्मेदवार पण्डितले २२ हजार ९ सय २९ मत पाएका छन् । मतगणनामा डा. कोइरालाले शुरुवात देखिनै अग्रता कायम गरेका थिए ।
Facebook Comments Box