इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।
नेम्वाङले ३० हजार २० मत पाएर विजयी हुँदा खड्काले २९ हजार ९ सय ६ मत ल्याए । नेम्वाङ जिततर्फ उन्मुख भएपछि गठबन्धनले विवाद सुरु गरेकाे थियाे ।
केहीबेर राेकिएकाे मतगणना राति सवा ९ बजे फेरि सुरु भएकाे थियाे ।
Facebook Comments Box