Author: admin

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो । आजको बैठकको सुरुमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ। संसद् सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले ‘शपथसम्बन्धी विधेयक, २०७८’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने छन्। त्यस्तै खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय…

Read More

काठमाडौं । स्थानीय तहले नियमविपरीत अर्बौं रुपैयाँ खर्चँदा विकृति बढेको छ । स्थानीय तहले गत आर्थिक वर्ष २०७८/७९ मा आर्थिक मितव्ययीयतालाई धज्जी उडाउँदै गैरकानुनी रूपमा अर्बौँ रुपैयाँ खर्चेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । जसका कारण धेरै स्थानीय तह कुशासनको चक्रमा फसेको देखिएको छ । महालेखाका अनुसार गत वर्ष २ सय ६४ भन्दा बढी स्थानीय तहले दरबन्दी नै नभएको तथा दरबन्दीभन्दा बढी करारमा नियुक्त गरी १ अर्ब ३१ करोड ४० लाख ५८ हजार तलब भत्तामा खर्चेका छन् । महालेखाले स्थानीय तहको यो कार्यलाई नियमविपरीत भनेको छ । यसअघि स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना कार्यकर्तालाई पोस्न करारमा नियुक्त गरेका थिए । त्यसरी…

Read More

काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । पशुपतिनाथ लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचाे छ । साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट सुरु भएको फेसन अहिले अरु समुदायका महिलाहरुमा समेत फैलिएको छ । यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ । केही वर्षयता साउन महिनामा विवाहित होस् या अविवाहित महिलाले हातमा हरियो, चुरा हत्केलामा र खुट्टामा मेहेन्दी लगाउने गरेका छन् ।

Read More

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेको भए पनि हाललाई मूल्य नघट्ने निगमले जनाएको छ। निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेर आएको छ। नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । भारतबाट मूल्य घटेर आएपनि निगमले भने हाललाई बिक्री मूल्य नघटाउने जनाएको हो। एक विज्ञप्ति जारी गर्दै निगमले हाललाई मूल्य घटाउन नसकिने जनाएको छ। निगमलाई अझै पनि महिनाको ४ अर्ब ३२ करोड नोक्सानीमा…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताएका छन् । उनले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिए ।  भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए ।  ‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो । मोदीसँग…

Read More

काठमाडौं । नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले पदबहाली गरेकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पदबहाली गरेकी हुन्। सो अवसरमा उपसभामुख भुसालले आफूलाई जिम्मेवारी बढेको महसुस भएको भन्दै संविधानले उपसभामुखबाट अपेक्षा गरेको भूमिका इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

Read More

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक सानेपास्थित पार्टी कार्यालयमा अपरान्ह ३ बजे बस्न लागेको हो । जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक राखिएको हो । पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बताइएको छ ।

Read More

काठमाडौं। दलीय आवद्धताको आरोप खेपिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै सत्तारुढ दलनिकट भातृ संस्थाहरुले संयुक्त आन्दोलन सुरु गरेका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट नेविसंघ र अखिल क्रान्तिकारीका कार्यकर्ताले गर्भनरविरुद्ध बालुवाटारमा घेराउ गर्न पुगेका थिए । आन्दोलन सुरु गर्दै उनीहरुले २४ घण्टाको अल्टिमेटम दिँदै राजीनामा नदिए आन्दोलन चर्काउने चेतावनी दिएका छन्। उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न आग्रह गरेका छन्।

Read More

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई नयाँ मूल्यसूची पठाएको छ । निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेर आएको छ। नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रति ब्यारेल १२० डलरभन्दा माथि थियो ।

Read More

काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेका छन् ।  प्रचण्ड र नाड्डाको भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी भएका छन् । प्रचण्ड र जयशंकरबीच शनिबार छुट्टै भेटवार्ता भएको थियो ।  भारतमा भारतीय जनता पार्टी सत्तारूढ दल हो । दाहाल उनै नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् । शुक्रबार नयाँ दिल्ली ओर्लिएका प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने तय भएको छ । 

Read More