काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेको भए पनि हाललाई मूल्य नघट्ने निगमले जनाएको छ।
निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेर आएको छ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ ।
नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ ।
भारतबाट मूल्य घटेर आएपनि निगमले भने हाललाई बिक्री मूल्य नघटाउने जनाएको हो।
एक विज्ञप्ति जारी गर्दै निगमले हाललाई मूल्य घटाउन नसकिने जनाएको छ।
निगमलाई अझै पनि महिनाको ४ अर्ब ३२ करोड नोक्सानीमा रहेकोले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राखिएको जनाएको छ ।
Facebook Comments Box