काठमाडौं । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेका छन् ।
प्रचण्ड र नाड्डाको भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी भएका छन् । प्रचण्ड र जयशंकरबीच शनिबार छुट्टै भेटवार्ता भएको थियो ।
भारतमा भारतीय जनता पार्टी सत्तारूढ दल हो ।
दाहाल उनै नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् । शुक्रबार नयाँ दिल्ली ओर्लिएका प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने तय भएको छ ।
Facebook Comments Box