काठमाडौं। दलीय आवद्धताको आरोप खेपिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै सत्तारुढ दलनिकट भातृ संस्थाहरुले संयुक्त आन्दोलन सुरु गरेका छन्।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट नेविसंघ र अखिल क्रान्तिकारीका कार्यकर्ताले गर्भनरविरुद्ध बालुवाटारमा घेराउ गर्न पुगेका थिए ।
आन्दोलन सुरु गर्दै उनीहरुले २४ घण्टाको अल्टिमेटम दिँदै राजीनामा नदिए आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न आग्रह गरेका छन्।
Facebook Comments Box

