Author: admin
काठमाडौं । संघीय संसदकाे प्रतिनिधि सभाकाे उपसभामुख पदकाे चयनका लागि शनिबार निर्वाचन हुने भएकाे छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शनिबार दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुने संसद सचिवालयले जनाएकाे हाे। उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानामगर र सत्ता गठबन्धन बाहिरका दलको तर्फबाट नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवको उमेदवारी दर्ता भएको छ । उपसभामुख पदमा रानाको प्रस्तावकमा रास्वपाकी सांसद साेविता गौतम रहनुभएको छ । समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका कृष्णगोपाल श्रेठ र नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा रहेका छन्। यादवको प्रस्तावकमा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र समर्थकमा लोकतान्त्रिक समाजवादी…
झापा । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको सरुवा भएको छ । गृह मन्त्रालयका अनुसार उनलाई तनहुँ जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ । मन्त्रालयले सार्वजनिक गरेको सरुवाको सूची अनुसार झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेललाई पठाइएको छ ।
काठमाडौँ। सभामुख देवराज घिमिरेले संघीय संसद भवनको अवलोकन गरेका छन्। नयाँ वानेश्वरस्थित संसद भवन पुगेर सभामुख घिमिरेले बैठक हल र बैठक सञ्चालन सम्बन्धी आवश्यक कामकाजबारे जानकारी लिएका हुन्। उनलाई संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, कार्यव्यवस्था परामर्श समितिका प्रमुख एवं संघीय संसदका प्रवक्ता एकराम गिरी, कानुनका सहसचिव लक्ष्मीप्रसाद गौतम लगायतले बैठक सञ्चालनको प्राविधिक पक्ष, संसदीय अभ्यास र परम्पराका बारेमा जानकारी गराएका थिए।
प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मृत्युपश्चात शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन्। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्। ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो। केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो। उनी सत्ता साझेदार दलकी साझा उम्मेदवार हुन्। मगर रास्वपाकी समानुपातिक सांसद हुन्। उपसभामुखमा यसअघि सोविता गौतमको चर्चा थियो। रास्वपालाई उपसभामुख दिने समझदारी बनेको थियो।
काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएपछि एमाले स्थायी कमिटी सदस्य समेत रहेका देवराज घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग भएका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । ‘प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्नका लागि नेकपा एमालेका पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनीतिक, सांगठानिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु’, घिमिरेले विज्ञप्तिमा भनेका छन् । यसअघि बिहीबार उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा बुझाएका थिए ।
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । सांसदहरूको मत विभाजनका आधारमा बिहीबारको संसद बैठकले घिमिरेलाई सभामुख चयन गरेको हो । घिमिरे झापा २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । सभामुखका लागि घिमिरे र नेपाली कांग्रेसकी ईश्वर न्यौपानेबीच प्रतिस्पर्धा भएको थियो । घिमिरेलाई १६७ मत प्राप्त भएको छ भने न्यौपानेले १ सय मत पाएकी छिन् । सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिएका थिए । कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय…
काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाएकी छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन हुने गरि नीतिगत व्यवस्था गर्न आफू लाग्ने बताइन्। मन्त्री साहले भनिन्,’ उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँ वृद्धि गर्ने, कृषि उत्पादनमा जोड दिँदै लगानी दशक घोषणा गर्ने र कृषि बीमाको अनलाइन भुक्तानी गर्नेगरी निर्णय गरिरहेको छु।’ आफू स्वयं किसानको छोरी भएकाले आम किसानका मर्म र पीडा थाहा भएकाले मुख्य जिम्मेवारी आम किसानका पीडामा मलम लगाउनु पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न प्रस्ताव गर्ने क्रममा उनले ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर प्रधानमन्त्री दाहाललाई पिँजडामा राख्न खोजेको बताएका हुन्। उनले ‘ढोक्सा र माछा’को कथा हालेर सरकारलाई पिँजडाभित्र कैद गर्ने प्रयास नगर्न पनि ओलीलाई आग्रह गरे। ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत कांग्रेसले दिएपछि माछा मार्नका लागि ढोक्सा थाप्ने जाल नरच्न आग्रह गरेका थिए। त्यसको जवाफ दिनुपर्ने भन्दै सांसद शर्माले आफ्नो पार्टीको माछालाई जालमा पार्ने कुनै योजना नभएको स्पष्ट पारे।