काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न प्रस्ताव गर्ने क्रममा उनले ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर प्रधानमन्त्री दाहाललाई पिँजडामा राख्न खोजेको बताएका हुन्। उनले ‘ढोक्सा र माछा’को कथा हालेर सरकारलाई पिँजडाभित्र कैद गर्ने प्रयास नगर्न पनि ओलीलाई आग्रह गरे।
ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत कांग्रेसले दिएपछि माछा मार्नका लागि ढोक्सा थाप्ने जाल नरच्न आग्रह गरेका थिए। त्यसको जवाफ दिनुपर्ने भन्दै सांसद शर्माले आफ्नो पार्टीको माछालाई जालमा पार्ने कुनै योजना नभएको स्पष्ट पारे।
Facebook Comments Box