काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाएकी छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन हुने गरि नीतिगत व्यवस्था गर्न आफू लाग्ने बताइन्।
मन्त्री साहले भनिन्,’ उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँ वृद्धि गर्ने, कृषि उत्पादनमा जोड दिँदै लगानी दशक घोषणा गर्ने र कृषि बीमाको अनलाइन भुक्तानी गर्नेगरी निर्णय गरिरहेको छु।’
आफू स्वयं किसानको छोरी भएकाले आम किसानका मर्म र पीडा थाहा भएकाले मुख्य जिम्मेवारी आम किसानका पीडामा मलम लगाउनु पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।
Facebook Comments Box